समाचार

१२ वर्षकी बालिकाले जितिन् ओलम्पिकमा पदक

टोकियो ओलम्पिकमा आयोजक जापानले स्केट बोर्डिङतर्फ आफ्नो प्रभुत्व कायम राखेको छ। यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितेकी छिन्। त्यसैगरी, १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन्। यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्। कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान बनाइन्। १३ वर्ष २८ दिनमा पदक जितेर उनले ओलम्पिक पदक जित्ने कान्छी बेलायती खेलाडीको कीर्तिमान बनाएकी हुन्। उनले ५६.४७ अंक स्कोर गरिन्। ‘यो अद्भूत छ।… पुरा पढौ

टोकियो ओलम्पिक: चीनको अग्रता कायमै

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ। टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ४३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन्। पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो। चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ। तेस्रो स्थानमा… पुरा पढौ

आइसीसी विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन्। गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल, ओमान र अमेरिकाबीचको शृंखला आउँदो सेप्टेम्बरमा ओमानमा हुँदैछ। बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन्।… पुरा पढौ

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको समाचारहरुमा बताइएको छ। त्यहाँ २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ३८ जनाको ज्यान गएको समाचारहरुमा जनाइएको छ। यो मृत्यु गएको ५ महिनापछिको नै सबैभन्दा बढी हो। यसअघि गएको मार्च १७ पछि त्यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो। त्यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ। त्यहाँ अहिलेसम्म एक लाख २९ हजार ८ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ। पछिल्ला केही हप्तामा फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको… पुरा पढौ

लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्ता व्यक्त गरेको छ। त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको छ। गत वर्षअघि लेबनानको राजधानी बेरुतमा रहेको एक बन्दरगाहमा भएको विस्फोटपछि देशको अवस्था निकै कमजोर भएको बताइएको छ। त्यसैगरी, यहाँ पछिल्लो समयमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण पनि अवस्था निकै गंभीर हुँदै गएको पनि त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघले… पुरा पढौ

बन्दुक उत्पादक अमेरिकी कम्पनी विरुद्ध मुद्दा, रक्तपातलाई सहयोग गरेको मेक्सिकोको आरोप

मेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ। मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ। मेक्सिकोले जति दाबी गरेपनि क्षतिपूर्ति वा जरिवाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ। आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन्। स्मीथ एण्ड वेसन, बारेट फायरआम्र्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर… पुरा पढौ

बतासको इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल

पोखरा । बतास अर्गनाइजेसनको इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल भएको छ । भारतको प्रसिद्ध मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गर्दै पुरस्कृत गरेको हो । आइसर मोटर्सले सन् २०२०/२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसनको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा… पुरा पढौ

’मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउदै मोडल आकांक्षा

पोखरा । ’मिस ग्रेस पोखरा २०२१’ को उपाधि विजेता आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउन तयारी सुरु गरेकी छिन् । पोखरामा रहेर मोडलिङ गर्दै आएकी आकांक्षाले मलेसियामा आगामी फेब्रुअरीमा हुने ’मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको बताइन । मिस ग्रेस पोखराको विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकोले आफूलाई यो अवसर प्राप्त भएको उनले जानकारी गराईन । टियरा मेनेजमेन्टको आयोजनामा ३५ देशका प्रतिष्पर्धीको सहभागिता रहने सो इभेन्टमा आफुले नेपाललाई चिनाउने राम्रो मौका… पुरा पढौ

प्राधिकरणका कार्यकारी भन्छन् : सरकारले दिएको जिम्मेवारी स्वीकार्छु

काठमाण्डौं । कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घर घरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशतमा सीमित राख्ने भनिएको चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको घाटा हुन जान्छ । दुई प्रतिशत चुहावट बढ्दा रु एक अर्ब ४०… पुरा पढौ

नेलम्बो नेपालद्वारा कास्कीका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रि प्रदान

स्वास्थ्य,शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष एकदेब देबकोटाले मास्क,सेनिटाइजर,स्प्रे बोटल, स्ट्याण्ड,पि.पि.ई.सेट लगायतका स्वास्थ्य सामग्रि प्रदान गर्नु भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले १७ श्रावण देखि शुरु गरेको सचेतनामूलक कार्यक्रमको सन्दर्भ पारि अभियानलाई सघाउ पुगोस् भनि स्वास्थ्य सामग्रि सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो । अत्यावश्यक परेका समुदायलाई सहि ठाँउमा सदुपयोग हुने गरि यस्ता सामग्रि पारदर्शि ढंगले बितरण गर्न नेलम्बो नेपाल तयार… पुरा पढौ