समाचार

सराङकोटबाट एक सय २० बढी काँग्रेसमा प्रवेश

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गरेका हन् । नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ र देवेन्द्र रानाभाटले उनीहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्नुभएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले… पुरा पढौ

मृगौला पिडित बिकलाई सहयोग रकम हस्तान्तरण

पोखरा । मृगौला पिडित उत्तम विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । उत्तम बचाउ अभियान समितिद्वारा संकलित नगद ११ लाख ९२ हजार १ सय १ रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । पोखरा २० घर भई पोखरा मालेपाटन बस्दै आएका दुवै मृगोला फेल भई हालै मृगौला प्रत्यारोपण गरेका विकलाई समितिद्वारा संकलित ११ लाख ९२ हजार १ सय १ रुपैया हस्तान्तरण गरिएको हो । समितिद्वारा संकलित १९ लाख ९२ हजार १ सय १ रुपैयामध्ये उपचार मृगौला प्रत्यारोपण पश्चात वांकी रहेको… पुरा पढौ

अर्थमन्त्री बराललाई हेमजावासीको आग्रह : “जनताको भावना अनुसार काम गर्नुस्”

पोखरा । पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई आग्रह गरेका छन् । विहिबार (आज) हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा मन्त्री बराललाई फुलमाला र खादाले बधाई ज्ञापन गर्दै हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा र चुनावमा जनतासामु गरेका वाचा पुरा गर्न पहल गर्ने बताए । बहुमत हिस्सालाई बाम गठबन्दन… पुरा पढौ

समृद्धिको यात्रामा लम्कदै ताराखोला

बागलुङ। युद्धपछि उठेको थलो हो, ताराखोला । यससँग सङ्घर्षको आफ्नै कथा छ । प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन । अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ । आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ । तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबैभन्दा बढी यसैले नै झेल्यो । मानव मुक्ति र व्यवस्था परिवर्तनका खातिर यहाँका कैयन व्यक्तिले प्राणको उत्सर्ग गरे । कोही बेपत्ता छन् । कुनैताका युद्धले थिलोथिलो भएको ताराखोला अहिले जुर्मुराएको छ ।… पुरा पढौ

ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु

साओ पाओलो। ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या… पुरा पढौ

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

लमजुङ। यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पर्क, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित… पुरा पढौ

बागलुङमा खोप अभियान स्थगित

गलकोट। बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको… पुरा पढौ

चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत

दमौली। चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो । गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन… पुरा पढौ

थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि

पोखरा । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार ३५०… पुरा पढौ

बिरौटाको किसान बजारमा कोल्ड रुम सञ्चालन

पोखरा । उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको संरक्षण एवम् बजारीकरणमा सहयोग पु¥याउने उदेश्यका साथ कोल्ड रुम स्थापना गरि सञ्चालनमा ल्याइएको हो । तीन टन क्षमता रहेको सो कोल्ड रुम फलपूmल तथा तरकारी मूल्य श्रृखला विकास आयोजनाद्धारा चार लाख ८० हजारको रुपैयाको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चुडामणी बरालले… पुरा पढौ