समाचार

गण्डकी प्रदेशमा ५ हजार ६ सय बढी आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार प्रदेशमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५७७ जना संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ५ हजार ६०४ पुगेको हो । संक्रमित मध्य ५ हजार २११ जना होमआइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमित पुष्टि भएको हो । त्यस्तै ५७७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेमा सबै भन्दा धेरै कास्कीका ११०, गोरखाका… पुरा पढौ

कागजात सहितको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण

पोखरा । हराएको महत्वपूर्ण कागजात सहितको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको छ । तीन साता पहिले पोखराको पृथ्वीचोकमा फेला परेको झोला शुक्रबार सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण गरिएको हो । एभरेस्ट एफएमले तनहुँ स्थायी ठेगना भई पोखराको भण्डारढिक बस्दै आएकी प्रतिमा सापकोटालाई उनको सामाग्री हस्तान्त्रण गरेको हो । कक्षा ११ को परीक्षा सकेर घर फर्कने क्रममा बसबाट सामान झार्ने क्रममा पृथ्वीचोकमा उनले छुटाएको महत्वपूर्ण कागजपत्र सहितको झोला फेला पारेपछि भिन्तुना युवा क्लवले एभरेस्ट एफएमको कार्यालयमा बुझाएको थियो । उक्त झोला झण्डै तीन… पुरा पढौ

पोखरा लेडी जेसिजको जेसिज सप्ताह आजदेखि शुरु

पोखरामा जेसिज सप्ताह शुरु भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा पोखरामा आजदेखि जेसिज सप्ताह शुरु भएको हो । भदौ १० गतेसम्म हुने जेसिज सप्ताहको पहिलो दिन आज प्रभावकारी भाषण कला तालिम सञ्चालन ग¥यो । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहकार्यमा सोहि कार्यालयमा भएको तालिमको वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले उद्घाटन गरे । आफ्ना सदस्यहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै सक्षम र सबल नागरिक बनाउने उद्धेश्यले गरिएको तालिमको जेसी प्रमिला सुवेदीले संयोजन गरेकी थिईन् । तालिममा स्थानिय… पुरा पढौ

स्कुल अफ विजनेशको डिनमा ढकाल

पोखरा विश्वविद्यालयको व्यवस्थापन संकाय (स्कुल अफ बिजनेश)को डिनमा डा. दयाराज ढकाल नियुक्त भएका छन । शुक्रबार पदभार ग्रहण गर्दै ढकालले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायलाई नेपालकै उत्कृष्ट बनाई आवश्यक परेको खण्डमा अन्य ठाउँमा पनि आंगिक कलेज खोल्ने एवं एम फील र पिएचडी कार्यक्रम शुरु गर्ने वताएका छन । चितवनमा जन्मिई पोखरामा स्थायी वसोबास गर्दै आएका उनी विगत २० वर्षदेखी विश्वविद्यालयमा अध्यापनरत रही यूरोपका विभिन्न कलेजहरुमा गेस्ट लेक्चरर्सको रुपमा आवद्ध रहेका छन । त्यसै गरी विश्वविद्यालयका विभिन्न संकायमा निर्देशकहरु पनि नियुक्त भएका… पुरा पढौ

संघीयताको मर्म अनुसार अगाडि बढ्न बाधा अवरोध भइरहेको छ : अर्थमन्त्री बराल

अर्थमन्त्री रामजीप्रसाद बरालले संघीयताको मूल मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।अर्थ तथा विकास समितिले अर्थमन्त्री बरालसँग गरेको अन्र्तक्रियामा बोल्दै उनले तर त्यसरी अगाडि बढ्न बाधा अवरोध आइरहेको नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले बताए । तीन तहले कुन कुन ठाउँमा खर्च गर्ने भन्ने थाहा नहुँदा अहिले अराजक तरिकाले खर्च भइरहेको मन्त्री बरालको भनाई छ । ‘संघ, प्रदेश र स्थानिय तहले कहाँ कहाँ खर्च गर्ने भन्ने छैन, त्यसैले अराजक तरिकाले खर्च भइरहेको छ, यो भन्न मलाई अप्ठेरो छैन-उनले भने… पुरा पढौ

अर्थ तथा विकास समितिले अर्थमन्त्रीलाई भन्यो : खर्च गर्ने क्षमता बढाउ

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ । अर्थ तथा विकास समितिले शुक्रबार अर्थमन्त्री रामजीप्रसाद बरालसँग छलफल गर्दै अघिल्ला वर्षहरुमा खर्च प्रतिशत कम देखिएकाले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले भने,‘पहिलो वर्ष भन्दा दोश्रो वर्ष खर्चको प्रतिशत केहि बढेको देखिन्छ, तर अझै सन्तोष मान्नुपर्ने अवस्था छैन, त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न समिति निर्देशन दिन्छ… पुरा पढौ

सांसद मीना गुरुङ १३ दिनमै कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेश सभा सदस्य –प्रदेश सांसद) मीना गुरुङ कोरोना संक्रमण मुक्त भएकी छन् । केहि दिनअघी मात्र कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरिरहेकी सांसद गुरुङ छोटो अवधीमै संक्रमण मुक्त भएकी हुन् । सांसद गुरुङले शुक्रबार अपराह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू संक्रमण मुक्त भएको उल्लेख गरेकी छन् । उनले आफू तेह्रौं दिनमा संक्रमण मुक्त भएको बताएकी छन् । कोभिसिल्ड खोपको दुबै डोज लगाएकी उनलाई ज्वरो आउने, टाउको दुख्ने, गन्ध हराउने र जिब्रोले स्वाद नपाउनेलगायतका लक्षणहरु देखिएको थियो । मध्यम… पुरा पढौ

चन्दा संकलन गरेको आरोपमा ४ लाख नगदसहित झापाका ३ जना पोखरामा पक्राउ

मिर्गौला पीडितका लागि भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ‘युनिक स्वयम्सेवक नेपाल’ नामक संस्था दर्ता गरी मिर्गौला पीडितको सहयोगार्थ भन्दै अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा सो होटलको कोठामा भाडा तिरेर बस्दै आएका झापा र्बिामोड नगरपालिका वडा नम्बर १ का ३४ वर्षिया एलिजा बस्नेत, ३२ वर्षिय टेकबहादुर बस्नेत र झापाकै हल्दीबारी… पुरा पढौ

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’

बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ । पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारबासी बताउँछन् । कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्पसको प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको… पुरा पढौ

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर । यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित… पुरा पढौ