समाचार

लामिछाने थापा क्षेत्रीको भेला सराङकोटमा सम्पन्न

लामिछाने थापा क्षेत्री गर्ग गोत्रीयको पश्चिम क्षेत्रीय भेला पोखरा सराङकोटमा सम्पन्न भएको छ। नेपालको कुल जनसङ्ख्यामा क्षेत्री जातिको सबैभन्दा धेरै रहेको र सोमा पनि थापा क्षेत्रीको बढी रहेको छ। पोखरा सराङकोटलाई लामिछाने स्थलको रूपमा लिइन्छ। २०० वर्ष अगाडि पहिलेबाट नेपालभर थापाहरू फैलिएको पश्चिम क्षेत्र अध्यक्ष बेलबहादुर थापाले बताए। सो भेलाको शुभारम्भ गर्दै लामिछाने थापा क्षेत्री समाजका केन्द्रीय अध्यक्ष श्यामबहादुर थापाले सद्भावसहित उद्गम स्थलमा कार्यक्रम हुँदा थापा क्षेत्रीको एकता मजबुत रहेको र अग्रज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोक कवि धर्मराज थापा… पुरा पढौ

बागलुङमा डि-मर्चा गुञ्जियो

सन्देश श्रेष्ठपोखरा, पुस ६ बागलुङमा लामो समयपछि डि-मर्चा गुञ्जिएको छ । स्थानिय प्रवुद्द युवा समूहको आयोजना तथा ग्रेस ईन्टरनेसनल एजुकेसन प्रालिको मुख्य प्रायोजनामा बागलुङको चिप्लेटी बसपार्कमा डि-मर्चा झण्डै एक दशकपछि गुञ्जिएको हो । जहाँ चिसोको वास्तासमेत नगरी दर्शक मध्यरातसम्म झुमेका थिए । बागलुङको चिसो मौषमलाई चुनौति दिदै कन्सर्ट हेर्न पुगेका दर्शकलाई डि-मर्चाले झण्डै डेढ घण्टा ततायो । करीब सवा नौं बजे स्टेज चढेको डिमर्चाले एक दर्जन गीत गाउँदा ताली र हुटिङ बारम्बार पायो । सँधैझैं ‘कैलाशैमा’ गीतबाट प्रस्तुती शुरु गरेको… पुरा पढौ

भु पू विद्यार्थी मञ्च आनन्द ज्योतिमा सुशीला अधिकारी, विद्यार्थी सम्मानित

भुपू विद्यार्थी मञ्च आनन्द ज्योति मा वि,बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट अधिकारी सिग्देलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ । मञ्चको उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा, गोमा सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशन तिवारी र सुर्य सुबेदी चयन भएका छन् ।संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी… पुरा पढौ

हरिहर मन्दिरबाट पत्रकार बास्तोला सम्मानित

पोखराका पत्रकार हरिप्रसाद बास्तोला सम्मानित भएका छन् । ऐतिहासिक, सांस्कृति एवम् पुरातात्विक महत्व वोकेको पोखरा १७ महतगौडास्थित सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको सम्पन्न साधारण सभाका अवसरमा पत्रकार बास्तोलालाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमवाट धार्मिक क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो ।पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन समारोहमा उनलाई दोसल्ला, खादा र सम्मानपत्रले सम्मान गर्दै धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने वताईन्… पुरा पढौ

जनप्रियमा नवनिर्वाचित समितिको पदस्थापन, क्याम्पसको गरिमा कायम राख्न प्रतिवद्ध छुः अध्यक्ष राजेन्द्र पहारी

जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले प्राप्त गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तेस्रो चक्रको प्रमाणपत्र हासिल गर्न आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । पद तथा गोपनीयताको शपथ लिँदै अध्यक्ष पहारीले आफ्नो तीनवर्षे कार्यकाल (२०८२–२०८५) को मार्गचित्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानमा पुनर्मिलन

तमु साँस्कृत्क प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा यही पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ । २०५८ सालमा विधिवत रुपमा दर्ता गरि गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको यो संस्था जापानमा गठन भइ नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ । २५ बर्षको दौरानमा रहेको यो संस्थाले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवम् शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखी भेटघट… पुरा पढौ

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र भेशभूषा भने छाड्न नहुनेमा जोड दिईन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए । उनीहरुको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा… पुरा पढौ

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।गत मङ्गलबार रु दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार… पुरा पढौ

पोखरेली गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक(भिडियो सहित)

पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘रातो रिवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो।शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राध्यापक शिव त्रिपाठीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उनले लोक लयमा आधारित पप संगीत सुस्ताएको समयमा ‘रातो रिवन’ संजीवनी बनेर आएको बताए। उनले गीत सिर्जनामा मात्र नभई स्वर र अभिनयमा पनि सर्जक पौडेल अब्बल रहेको भन्दै प्रशंसा गरे। प्रतिष्ठानका… पुरा पढौ

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चीरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय… पुरा पढौ