समाचार

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह अध्यक्ष ओली सभापति देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित देउवा निवास पुगेका हुन् ।ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते… पुरा पढौ

तीन दशक पछि पोखरामा एक्स नेपथ्यले लाईभ व्याण्ड प्रस्तुती दिदै

पोखरा, पुस ७ पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सव हो । अनि सांगीतिक उत्सवको मुख्य आकर्षण न्यू ईयर ईभ स्पेसल कार्यक्रम हो । जहाँ यस वर्ष एक्स नेपथ्य तीन दशकपछि पोखरामा गुञ्जिदैछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङ पोखरा सडक महोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सव कार्यक्रम अन्तर्गतको हिट्स अफ नाईन्टिजमा गुञ्जिन लागेका हुन् । जसका लागि उनी वेलायत (युके)बाट डिसेम्बर ३० मा काठमाडौंहुँदै पोखरा आईपुग्ने छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा… पुरा पढौ

लेखनाथ महोत्सवमा कृषि बहस: किसानका कुरादेखि मन्त्रालयका नितिसम्म

एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमवार स्टेज कार्यक्रम अन्तर्गत कृषि बहस कार्यक्रम सम्पन्न भएको छ । स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलका े व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ । सोमवार आयोजित कृषि बहस कार्यक्रममा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरीले आआफ्ना कृषि क्षेत्रका अनुभव , व्यवसाय सुरु गरेदेखि हालसम्मका उतारचडाव र सफलताका कथा… पुरा पढौ

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ: नेपाली सेना

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको… पुरा पढौ

विद्याथीसँग नागरिक समाज कास्कीको अन्तरससंवाद

नागरिक समाज कास्कीले ३०४ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा विद्यार्थीसँग अन्तर संवाद गरेको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुसँग नागरिक समाज कास्कीले सोमबार नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम गरेकोे हो । कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीले आफ्नो ४५ वर्ष लामो शिक्षण अनुभवको समेत चर्चा गर्दै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिकाका वारेमा ऐतिहाँसिक पृष्ठभूमि समेत उल्लेख गरेका थिए । अन्तर संवादमा राइजिङ्ग… पुरा पढौ

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् । सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ । पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत… पुरा पढौ

पोखराकी ‘नगर माता’ ढुंगानाको निधन

पोखरा महानगरपालिकाबाट ‘नगर माता’को रूपमा सम्मानित बालुदेवी ढुंगानाको निधन भएको छ। पोखरा १९ पुरञ्चौर निवासी १०९ बर्षिया ढुंगानाको आइतबार साँझ आफ्नै निवासमा निधन भएको वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिए।वि.सं १९७३ सालमा जन्मिएकी उनलाई महानगरले स्थापना दिवसको अवसरमा २०८० साल फागुन २७ गते नगर माताको रूपमा सम्मान गरेको थियो।वडा कार्यालयले पनि गत वर्ष सम्मान गरेको थियो।स्वर्गीय ढुंगानाको सोमबार बिहान सेती नदीस्थित चिन्तेबगर घाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोराहरु नारायणप्रसाद र चिन्तामणि ढुंगानाले दागबत्ती दिएका थिए। यस अघि… पुरा पढौ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस… पुरा पढौ

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ:महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका हुन् । उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे । “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उनले भने । बदलिएको कांग्रेसले देश… पुरा पढौ

घर भाडा सरोकार समितिको अध्यक्षमा चापागाईं

पोखरा, पुस ६ नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा कृष्णप्रसाद चापागाईं चयन भएका छन् । समितिको हालै सम्पन्न भएको अधिवेशनले चापागाईंको अध्यक्षतामा आगामी ३ वर्षका लागि नया नेतृत्व चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा शोभाकान्त शर्मा, महासचिवमा जगतमोहन गिरी, सचिवमा बेदुनाथ लामिछाने, कोषाध्यक्षमा योगमाया बराल र सहकोषाध्यक्षमा अमृत घिमिरे चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दीनेश पौडेल, लक्ष्मी गौतम, चिरञ्जिवी लामिछाने, रामप्रसाद काफ्ले र कृष्ण वाग्ले चयन भएको निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए । यसअघि… पुरा पढौ