समाचार

कांग्रेसमा उम्मेद्वार सिफारिस तिब्र, डडेलधुराबाट देउवाको नाम एकल सिफारिस

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वारी सिफारिसलाई तिब्रता दिएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५ औं महाधिवेशनको तयारीलाई पनि सँगसँगै अगाडी बढाएको काँग्रेसमा जिल्लातहबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने कार्य जारी रहेको छ । डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ। कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल रूपमै सिफारिस गरेको हो। डडेलधुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल… पुरा पढौ

अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दिन:एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दवाव वा पूर्वशर्त राखेर आफूले अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट पछाडि नहट्ने बताएका छन्। बिहीबार काठमाण्डौंमा ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले आफूले दवावमा काम नगर्ने बताए। अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले अध्यक्ष छाडे आफू पनि सहमतिमा आउन तयार रहेको हिजो बताएका थिए। छलफलमा त्यही प्रसँगलाई उल्लेख गर्दै ‘आफू बाहेकलाई अध्यक्ष छोड्न तयार हुनुहुन्छ र ’ भन्ने प्रश्न गरेका थिए। ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए।उनले… पुरा पढौ

कास्की कारागारबाट फरार १ कैदी सहित २ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार एक जना सहित २ युवा पक्राउ परेका छन् । बिभिन्न अपराधमा आठ पटकसम्म पक्राउ परी कास्की कारागारमा रहेका प्यूठान घर भई पोखराको नदीपुरमा बस्ने सुमित थापा मगर र अर्का एक युवा धादिङ घर भई सोही ठाँउ बस्ने सुजन परियार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।थापा मगर भदौं २४ गते आन्दोलनको मौका छोपी कारागारबाट भागेका थिए । कास्की कारागारबाट फरार भई पोखराका बिभिन्न स्थानमा भएका चोरीमा संलग्न रहेको भन्दै थापा मगर सहित परियारलाई वडा… पुरा पढौ

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

पोखराको लेखनाथमा आयोजना हुन लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालिने गरिन्छ । यसरी निकालिने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन । ‘‘हरेक वर्ष लेखनाथ… पुरा पढौ

एमालेको महाधिवेशन आउन २ दिन बाँकी, विदेशी पाहुनालाई नबोलाईने,महाधिवेशनबाट गुटबन्दी अन्त्य गरौँ: उपमहासचिव गुरुङ

नेकपा एमालेको ११ औँ महाधिवेशन आउन दुई दिन मात्र बाँकी रहेको छ । महाधवेशनलाई व्यवस्थित बनाउन गठन भएका बिभिन्न समितिले तयारीलाई अन्तिम चरणमा पुर्याएको एमालेले जनाएको छ । महाधिवेशनमा यस पटक विदेशी पाहुना भने सहभागि नहुने भएका छन् । महाधवेशनको उद्घाटन सत्रमा पार्टीले यस पटक विदेशी पाहुनालाई नबोलाउने निर्णय गरेको हो । बिहीबार च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका… पुरा पढौ

एमालेको महाधिवेशन पछि यो सरकार ढल्छ: नेता महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेको ११ औं महाधिवेशन पछि बर्तमान सरकार ढल्ने दावी गरेका छन् । काठमाडौंमा यातायात श्रमिक तथा व्यवसायीहरूको भेलामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारको कुनै जग नभएको बताउँदै, एमालेले चाहेमा सरकार तत्काल ढल्ने बताएका हुन् ।उनले भने ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ ।’एमालेले फेरी पनि बहुमत ल्याउने र त्यसपछि केपी ओली नै बहुमतको प्रधानमन्त्री बन्ने उनको भनाई थियो । नेता बस्नेतले केही शक्तिले विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पूरा… पुरा पढौ

बागलुङको ऐतिहासिक गलकोट दरबारमा पर्यटकको आकर्षण बढ्दै

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको… पुरा पढौ

भिमादका किसानलाई दूधमा दश रुपैयाँ अनुदान

तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ । नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु… पुरा पढौ

पोखरा १४ कदममार्गमा सार्वजनिक कुलो भत्काएर संरचना निर्माण, पूर्व न्यायाधीशविरुद्ध कारबाही गर्ने निकाय मौन रहेको स्थानीयको गुनासो

पोखरा । पोखरा-११ फुलबारी निवासी पूर्व न्यायाधीश भलभद्र बास्तोलाले पोखरा–१४ चाउथे, कदममार्गस्थित टोल विकास भवन पछाडिको सार्वजनिक पक्की कुलो भत्काई त्यसको माथि पर्खाल निर्माण गरिरहेको आरोप स्थानीयबासीले लगाएका छन्। हालसालै उच्च अदालतबाट अवकाशप्राप्त बास्तोला आफ्नो करिब १२ रोपनी जग्गामा व्यवसायिक संरचना निर्माण कार्यमा जुटिरहेका छन्। स्थानीय भिमबहादुर गोलेले उक्त गतिविधि बारे वडा नं. १४ का अध्यक्ष बोधराज कार्की तथा पोखरा महानगरपालिका कार्यालयलाई जानकारी गराएपछि दिनको समयमा निर्माण कार्य रोकिएको भए पनि राति भने कुलो माथि पर्खाल निर्माण जारी रहेको गोलेसहित… पुरा पढौ

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ, १५ मंसिर । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन ।सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव अझै उत्कृष्ट होओस भन्ने शुभकामना व्यक्त गर्दै प्रभावकारी सुरक्षाको प्रत्याभुति गराएर महोत्सवलाई सफल बनाउन आफ्नो पुर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरेकी थिईन… पुरा पढौ