समाचार

ताल बाराही मावि व्यवस्थापन समितिको अध्यक्षमा ः गोविन्दराज पहारी

पोखरा, मंसिर १ । पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन्, तेसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । नेपाल सरकारको शिक्षा… पुरा पढौ

सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हँुदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा… पुरा पढौ

अनेरास्ववियुको अध्यक्ष बने दीपक धामी

नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा दीपक धामी चयन भएका छन् । संगठनको आज बसेको पदाधिकारी बैठकले डा। सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले जानकारी दिए ।जेनजी प्रदर्शनका क्रममा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका थिए । बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन्… पुरा पढौ

दलहरु सहमत नभए चुनाव हुँदैनः संयोजक प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमति बिना निर्वाचन हुन नसक्ने बताएका छन् । काठमाण्डौंमा संचाकर्मिसँगको कुराकानीमा उनले निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारको भएको बताउँदै, आगामी फागुन २१ को निर्वाचनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताए। संयोजक प्रचण्डले देशमा उत्पन्न समस्या निर्वाचनबाट मात्रै हल हुने भन्दै सबै एकजुट भएर जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा जोड दिए । घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै, उनले वातावरण बनाउन आयोग गम्भिर हुनुपर्ने बताए ।… पुरा पढौ

राजबहादुर बने उत्कृष्ट करदाता, धेरै कर तिर्नेहरू सम्मानित,निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह उत्कृष्ट करदाता भएका छन्। त्यस्तै निकायहरुमा आ।व।२०८०र०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला नेपाल दूरसञ्चार प्राधिकरणले तिरेको विभागले जनाएको छ। एकलौटी फर्महरुमा सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित हुँदा वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपाल प्रालिले गरेको छ। यसैगरी सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रा लि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रा लि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल… पुरा पढौ

पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन

कास्कीका पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । उनको आजै घाचोकको रातोपानी घाटमा अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरिरमा भाई बिष्णु दवाडीले दागबत्ती दिएका थिए । स्वर्गीय दवाडीका श्रीमती सरीता, छोरा रोशन र छोरी संगीता छन् । छोरा रोशन र छोरी संगीता भने अमेरिकामा छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका घाचोकमा वि.सं. २०२६ सालमा जन्मिएका ५७ वर्षिय दवाडीले पर्यटन तथा नेपालमा… पुरा पढौ

पोखरामा अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलुु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले बताए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ । पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा… पुरा पढौ

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ को ३ बमोजिम आयोगको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए । उनले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने… पुरा पढौ

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।“अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,” मन्त्री… पुरा पढौ

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ८औँ महाधिवेशन: पवित्रा प्हच्यु तमुको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आठौँ महाधिवेशनले सर्वसम्मतिबाट पवित्रा प्हच्यु तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संघको युवा समितिले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ। गत कार्तिक २९ गते शनिबार पोखरा-११, रानीपौवा स्थित संघको केन्द्रीय सभाहलमा सम्पन्न महाधिवेशनले निवर्तमान महासचिवको रूपमा सफलतापूर्वक काम गरिसक्नुभएकी पवित्रा प्हच्यु तमुलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो। लमजुङ, क्होला सोंथर गा.पा. भुजुङ गाउँ निवासी हाल पोखरामा कार्यरत शिक्षिका एवम् सफल नृत्य निर्देशक तमुले विगत लामो समयदेखि विभिन्न… पुरा पढौ