समाचार

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश दिएको हो । आदेशमा मन्त्रिपरिषद्को २०६६ चैत २९, २०६७ वैशाख ३१ र साउन २८, अनि २०६९ असोज १८ गते भएका निर्णय झिकाइ महान्यायाधिक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गर्न भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले… पुरा पढौ

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

काठमाण्डौं । थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जानकारी दिए । उनका अनुसार वार्ता टोलीका अन्य सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी… पुरा पढौ

नेप्सेमा पाँच अङ्कको गिरावट

काठमाण्डौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३५… पुरा पढौ

खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक… पुरा पढौ

म्यानमारको हवाई हमला पछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन

म्यानमाार । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बल्याण्डको सीमातर्फ पलायन भएका हुन् । वर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइ करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ । म्यानमारको सेनाले आइतबार रातिमा तीनवटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा… पुरा पढौ

भीमादमा विद्यालय नियमित सञ्चालन हुने

तनहुँ । वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि तनहुँको भीमाद नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्नेभएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो । त्यसको केही समयमै भीमाद नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज… पुरा पढौ

पूर्वकप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाण्डौं । नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले आजको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए । पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा आज भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनले नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुन । महर्जनले ७३ खेल खेले । पुरा पढौ

त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाण्डौँ । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेक हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा कुवँरको नेतृत्वमा सर्वसम्मत पहल गर्ने प्रेस चौतारीको निर्णय

पोखरा । प्रेस चौतारी नेपाल कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्व चयनको लागि सर्वसम्मतको प्रयास गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल कास्कीको सोमबार भएको कार्यदलको बैठकले चौतारीका नेता विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार श्याम कुँवरको नेतृत्वमा कार्यसमिति बनाउने गरी सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वको लागि कार्यदलले यसका लागि अन्य संगठन र पत्रकार विच सहकार्य र समन्वयका लागि वार्ता प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको कार्यदलका सदस्य तथा प्रेस चौतारी… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सञ्चालन गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०७७ को मनोनयन सोमबार सार्वजनिक गरेको छ । मञ्चले २०७८ वैशाख २० गते आयोजना गर्ने पाचौं संस्करणको पोखरा स्पोर्टस अवार्ड का विभिन्न ४ विधामा ३–३ जनाको नाम सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । मनोनयमा सर्वोत्कृष्ट खेलाडी पुरुषमा कराँतेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको… पुरा पढौ