समाचार

पोखराबाट गुल्मीका गुरुङ लागू औषधसहित पक्राउ

पोखरा । पोखराबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पोखराको ड्यामसाईड बस्ने हुमबहादुर गुरुङ ३६ लाई अबैध लागूऔषधसहित प्रहरीले मंगलबार अपरान्ह पक्राउ गरेको हो । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ घर भई ड्यामसाइड बस्दै आएका गुरुङको डेराबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले डाईजापान–१७ एम्पुल, फेनेरागन– ५१ एम्पुल र नुर्फिन– ५३ एम्पुल गरी १२१ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा गुरुङको डेरामा खानतलासी गर्दा सो परीमाणको लागूऔषध सहित उनलाई पक्राउ गरिएको कास्की… पुरा पढौ

खेलाडीको सारथी बन्दै राखेप सदस्य गुरुङ

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले भलिबल खेलाडी विवेक सुनारको विद्यालयमा लाग्ने सबै शुल्क तिरिदिने भएका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा विहीबारदेखि शुरु भएको तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा खेल्न आएका शान्ता मावि भकुण्डेका भलिबल खेलाडी सुनारको खेल देखेर प्रभावित भएका गुरुङले सुनारको ३ वर्षसम्मको विद्यालय शुल्क तिरिदिने घोषणा गरेका हुन् । सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक… पुरा पढौ

लोक गायक स्व. गुरुङको स्मृतिमा चैत १७ देखि २१ सम्म विविध कार्यक्रम गरिँदै

पोखरा ।लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ । जसबारे आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।कार्यक्रम यहि चैत १७ गतेदेखि २१ गतेसम्म हुदैछ। स्वः प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो। अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा हुने उक्त कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान,… पुरा पढौ

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२… पुरा पढौ

मादीका सात वडामा सुविधासम्पन्न कार्यालय भवन

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिकाका विभिन्न सातवटा वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिएको छ । कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दीको अवस्थामा पनि स्वास्थ्य सुरक्षा अपनाएर सातवटा वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको संयोजकत्वमा समन्वयका उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, सञ्चारकर्मीसहितको टोलीले मङ्गलबार वडा नं ८ र ९ को नवनिर्मित कार्यालय भवनको स्थलगत अनुगमन गरेको हो । जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत एवं गाउँपालिकाको ४० प्रतिशतको… पुरा पढौ

गण्डकी प्रदेशका लोकसेवा पदाधिकारीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराएका हुन् । आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनीहरुलाई नियुक्त गरेको थियो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा कास्कीमा… पुरा पढौ

पर्यटनकर्मीहरु भुर्जुङखोला–घलेखर्क–तारा हिलटप–सिक्लेस पैदलमार्गको यात्रामा

पोखराका पर्यटनकर्मीहरुले कास्कीको भुर्जुङखोला–घलेखर्क–तारा हिलटप–सिक्लेसम्मको पैदल यात्रा थालेका छन्। उक्त पैदलमार्गको प्रबद्र्धन गर्न उनीहरुले मंगलबारदेखि पोखराबाट यात्रा थालेका हुन्। अखिल नेपाल पर्यटन मजदुर संघको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरको अगुवाईमा पर्यटनकर्मीहरु २ रात र ३ दिनका लागि १५ जनाको टोलीले उक्त पदमार्गका यात्रा थालनी गरेका हुन्। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले पदयात्राको प्रबद्र्धन गरेको छ। बोर्ड कार्यालय प्रमुख काशीराज भण्डारी र बोर्डका पूर्व सदस्य एवं आन्तरिक पर्यटन पुनरुत्थान कमिटी गण्डकी प्रदेशका संयोजक अग्नि कंडेललगायतले पदयात्रामा निस्किएको टोलीलाई… पुरा पढौ

आज २४ मार्च, विश्व क्षयरोग दिवस

आज मार्च महिनाको २४ तारिख अर्थात विश्व क्षय रोग दिवस । दिवसका अवसरमा विविध कार्यक्रम गरी आज विश्वभर क्षयरोग दिवस मनाइन्छ। विशेष गरी क्षयरोग तथा यस रोगको उपचार र जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ। सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेको हुनाले त्यही दिनको उपलब्धीको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइँदै आएको हो। नेपालमा क्षयरोग निवारणका लागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार… पुरा पढौ

लामाचौर स्वास्थ्य चौकीमा समीक्षा बैठक

पोखरा महानगरपालिका–१९, घार्मीस्थित लामाचौर स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन मूल समारोह समितिको मंगलबार समीक्षा बैठक बस्यो। बैठकले गत फागुन महिनाको २१ गते सम्पन्न कार्यक्रमको आय–व्यय विवरणसमेत प्रस्तुत गरेको थियो। कार्यक्रममा लेखा उपसमिति संयोजक तेजेन्द्र पौडेलले प्रस्तुत गरेको खर्च विवरण २ लाख, १७ हजार ५ सय २७ को लेखा प्रतिवेदनलाई बैठकले पारित गरेको थियो। साथै, स्वास्थ्यचौकीको रजत जयन्ती तथा नव निर्मित भवन उद्घाटन कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाएका समारोह समिति, उपसमिति, पोखरा महानगर–१९ को स्वास्थ्य महाशाखा कार्यालय… पुरा पढौ

मंगलबार पोखराका ३२ सहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयले मंगलबार साँझ अध्यावधिक गरेको विवरण अनुसार पोखरा महानगरपालिकाका वडा नं ४, ५, ७, ८, ९, ११, १४, १६, १७, २१, ३० र ३१ का ३२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै म्याग्दीका पाँच जना र बाग्लुङका एक जनामा पनि संक्रमण पुष्टि… पुरा पढौ