समाचार

ब्राजिलमा कोभिडबाट एकै दिनमा १ हजार ६५६ भन्दा बढीको मृत्यु

साओ पाओलो। ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि यहाँ कूल संक्रमितको संख्या यहाँका १… पुरा पढौ

वायु प्रदुषणका कारण चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिए । केही… पुरा पढौ

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

दमौली।चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ। निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन… पुरा पढौ

आठ महिनामा १० करोड राजश्व सङ्कलन

गलकोट। यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लु बुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व सङ्कलन गरेको छ । सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट रु एक करोड ४८ लाख, १६ हजार ६५५ सङ्कलन भएको यातायात व्यवस्था कार्यालयका सूचना… पुरा पढौ

बस दुर्घटनामा आठ घाइते

वालिङ। स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताए । दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने… पुरा पढौ

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताए । “पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो”, उनले भने, “आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।” आगामी आर्थिक वर्ष २०७८-… पुरा पढौ

‘तुवाँलो अझै कायम रहन सक्छ ’

काठमाडौं। विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ ।” उनले भने, यसले हावाको वेग बढ्नुका साथै… पुरा पढौ

‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष ३ दिनसम्म परम्परागत ‘तोरन ल्ह’ पर्व मनाउने गर्दछन्। ‘तोरन ल्ह’ मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । ‘तोरन ल्ह’मा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने ‘तोरन ल्ह’ तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति… पुरा पढौ

दमौलीमा अपाङ्गता भएकालाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई आय–आर्जनमा सहयोग पु¥याउन रिसेड तनहुँले आर्थिक सहयोग प्रदान गरेको छ। व्यास नगरपालिकाको सहयोगमा रिसेडले व्यावसायिक सीप सिकेर आय–आर्जन गर्न चाहने २८ अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान गरेको हो। नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्ति छनोट गरी प्रति व्यक्ति ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिए। उनका अनुसार अपाङ्गता भएका व्यक्तिको मागअनुसार नै व्यवसाय संचालनका लागि सहयोग गरिएको हो। रासस पुरा पढौ

गलकोट नगरपालिका शुक्लागण्डकी मेयर कप च्याम्पियन

बागलुङको गलकोट नगरपालिकाले तनहुँ शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप भलिबलको च्याम्पियन बनेको छ। गलकोटले आयोजक शुक्लागण्डकीलाई २५–१६, २४–२६, २५–२१ र २५–१६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो । उपाधिसहित गलकोटले १ लाख ५० हजार रुपैयाँ जित्यो भने उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझायो । त्यसैगरी तेस्रो स्थानमा भने कास्कीको मादी गाउँपालिकाले ५० हजार पुरस्कार जित्यो। मादी गाउँपालिकाले तनहुँको घिरिङ गाउँपालिकालाई २५–२३, २९–२७, २५–२२ र २५–२० को सेटमा पराजित गरेको थियो। शान्त्वना स्थानमा चित्त बुझाएको घिरिङले २५ हजार… पुरा पढौ