समाचार

माओवादी अध्यक्ष प्रचण्डद्वारा पुनरवलोकन निवेदन

काठमाण्डौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गराएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न आज अध्यक्ष प्रचण्ड आफैँ सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराएका… पुरा पढौ

सरकार र थारुहट सङ्घर्ष समितिबीच वार्ता , बिहीबार पुनः बस्ने

काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा आज भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार आजको वार्ता बिहीबार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ । गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य… पुरा पढौ

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब १ करोड २१ लाख

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ । सो अवधीमा कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कूल संक्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१… पुरा पढौ

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भने, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।” यहाँका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको… पुरा पढौ

पृथ्वीको भाग धेरै रातो, एसियाभर वायु प्रदूषण उच्च

वायु प्रदुषण विश्लेषण गर्ने संस्था आइक्यूएको नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ। रातो भागभित्र काठमाडौंसमेत पर्दछ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ। केही दिनयता नेपालसहित एसियाली देशहरुमा प्रदूषण विकराल देखिन्छ। वातावरणविद्हरुका अनुसार पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बलसम्मै पुगेको छ। आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुँवालोको अवस्था विकराल बन्दै गएको देखाएको छ। नेपालमा भने पूर्वी भागमा, तराई, पहाड र हिमालसम्मै तुँवालोले सीमा नाघेको छ। म्यानम्यारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा प्रदुषण बढी देखिन्छ।… पुरा पढौ

१४ हजार ७ सय शिक्षकको पदपूर्ति र बढुवा अनिश्चित

सरकारले ६ महिनादेखि शिक्षक सेवा आयोगमा पदाधिकारी, नियुक्ति नगर्दा करिब साढे १४ हजार स्थायी शिक्षकको पदपूर्ति र बढुवा प्रक्रिया अनिश्चित बनेको छ । सिफारिस समितिले अध्यक्षसहित दुई सदस्यको नाम सिफारिस गरिसक्दा पनि सरकारले नियुक्ति गर्न सकेको छैन। लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ महिनाअघि पदाधिकारी सिफारिस गरेको थियो। शिक्षा तथा मानव स्रोत केन्द्रले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि १२ हजार शिक्षक पदपूर्ति गर्न माग गरेको छ । यी ३ वटै तहमा २ हजार ७ सय शिक्षक… पुरा पढौ

गोरखाबाट सालको काठसहित चार पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्षीय सुजन सुनार रहेका छन् । ट्याक्टरमा… पुरा पढौ

घाइते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक पक्राउ

स्याङ्जा । घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही ट्रयाक्टरले… पुरा पढौ

एमालेद्वारा नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित

काठमाण्डौं । नेकपा (एमाले)ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गरेका हुन् । वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने,… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपाललमा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१२ रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१… पुरा पढौ