समाचार

बागमती सफाइ महाअभियान जारी

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०६ औं हप्तामा आलोकनगर आँखा अस्पताल केन्द्रको बीचमा रहेको फलामेपुल वाग्मती नदीको पुर्वी किनारमा सफाइ गरिएको छ । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । वाग्मती सफाइ महाअभियानको प्रेरणाले शुरु भएको मेचीकाली सफाइ अभियानको लोगो राष्ट्रिय सभाका सांसद ओली र प्रमुख अभियानकर्मी पौडेलले लोगो अनावरण गरे । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार जारी छ । पुरा पढौ

बेलायतका राजकुमार ह्यारीको राजकीय मान पदविमुक्त

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भए को घोषणा गरेको समाचारमाध्यमहरुमा जनाइएको छ। केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाई सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ। महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख… पुरा पढौ

धुर्मुस सुन्तली फाउण्डेसनलाई ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रंगशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए। रंगशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि… पुरा पढौ

नेपालले अस्ट्रेलियासँग चैत १७ गते फुटबल खेल्ने

फिफा विश्वकप कतार २०२२ र एएफसी एसिया कप चीन २०२३ को प्रारम्भिक संयुक्त छनोट राउन्ड २ को खेलहरू चैत १२ र १७ गते हुने भएको छ। एसियाली फुटबल महासंघका अनुसार चैत १७ गते नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा खेल हुनलागेको हो। एसियाली सदस्य राष्ट्रहरु र एसियाली फुटबल महासंघ तथा फिफासँगको सयुक्त सहमतिमा फिफा विश्वकप र एएफसी एसियन कप चाइनाको एसियाली छनोटअन्तर्गतका अधिकांश खेलहरु नयाँ मितिमा सञ्चालन गरिने बताइएको छ। कोभिडका कारण नयाँ मितिमा खेल सारिएको हो। त्यस्तै ग्रुप डी अन्तर्गत… पुरा पढौ

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय सशस्त्र प्रहरी बलको टोली एपीएफ अपराजित रहँदै उपाधि जितेको छ। काठमाडौँको दशरथ रंगशालामा सम्पन्न राष्ट्रिय महिला लिग समापन कार्यक्रममा विजयी टिम एपीएफलाई ट्रफि हस्तान्तरण गरिएको थियो। शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–०ले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। आर्मीसँगको अन्तिम खेलअघि नै एपीएफ यस सिजनको विजेता बनिसकेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो।… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कास्की र बाग्लुङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ९ सय नाघेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिएका मध्य कास्कीका १५ र बाग्लुङका एक जना छन् । ९४ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा कोरोना भाइरस… पुरा पढौ

प्रदेश २ का नवनियुक्त प्रमुखले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाण्डौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले आज पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को निर्णयमा प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरी नियुक्त भएका झाले शुक्रबार साँझ नै राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको शपथ लिएका हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले भने आज पनि शपथग्रहण समारोहमा बहिस्कार गरे । यसअघि पनि उपराष्ट्रपति… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला शनिबार

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला शनिबार पोखरामा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट शिक्षक संगठनको कास्की जिल्ला स्तरीय भेला शनिबार पूर्वाह्न ११ बजे पोखरा सहीदपार्कस्थित बिजय स्मृति भवनमा हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा गरिएको कार्यक्रममा प्रशिक्षणसमेत दिइने एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की अध्यक्ष तारा पौडेलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले प्रशिक्षण दिनेछन् । पुरा पढौ

इन्धनको मूल्य बढेसंगै हवाई भाडा बढ्यो

काठमाण्डौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको छ । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल… पुरा पढौ

सकियो एमिकस क्युरीको राय

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी)ले राय दिने क्रम आज सकिएको छ । इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ । वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन गर्ने संविधानमा व्यवस्था नभएको धारणा राखिन् । नेपालको संविधानले स्पष्ट व्यवस्था नभएको हुनाले… पुरा पढौ