समाचार

टुँडिखेललाई घेर्दै आज नागरिक आन्दोलनको घोषणा गरिदैँ

नागरिक समाजले आज (शुक्रबार) टुँडिखेल घेर्दैछ। साथै, नागरिक समाजले बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र पनि जारी गर्नेछ । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो । साथै समाजले टुँडिखेलमा गर्ने मार्चपासमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ। नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्चपास पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ। त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ। हिजो (बिहीबार) भने प्रचण्ड–माधव नेपाल समूह पक्षको मानव साङ्लोले टुँडिखेल… पुरा पढौ

मंगल ग्रहमा अमेरिकी अन्तरिक्ष यान अवतरण

अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ। ६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २ः४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो। यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्वीट गरेको छ। पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ। अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै… पुरा पढौ

प्रजातन्त्र दिवसः ४०१ कैदीलाई माफी मिनाहा, १७९ जनालाई कैद छुट

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार खिर्हाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ। लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो। यस्तै, राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद… पुरा पढौ

कोरोना अपडेटः गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा बिहीबार दिउँसोसम्म थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयले दिएको जानकारीअनुसार बिहीबार योसँगै संक्रमितको संख्या १५ हजार ८ सय ८५ पुगेको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा–३ का १ जना महिला, वडा–५ का २ जना महिला र १ जना पुरुष, वडा–६ का २ जना महिला र १ जना पुरुष, वडा–८ का १ जना महिला र ३ जना पुरुष, वडा–९ का १ जना पुरुष, वडा–११ का १ जना पुरुष, वडा–१४ का १ जना… पुरा पढौ

चिकित्सकको परामर्श शुल्क नबढाऊ : मन्त्रालय

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले नेपाल चिकित्सक सङ्घ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाइ परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिएका हुन् । उनले कोरोना भाइरस–१९ को सङ्क्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयले जारी गरिएको पत्रानुसार हुने उल्लेख गरे । उनले मन्त्रालयसँग सहमति नगरी वृद्धि गरिएको परामर्श शुल्क अमान्य… पुरा पढौ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डौं । सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए । उनले मन्त्रिपरिषद्ले कैदीलाई छुट… पुरा पढौ

प्रजातन्त्र दिवसका अवसरमा बन्दीको कैद सजाय मिनाहा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो । यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा… पुरा पढौ

संसद पुर्नस्थापना नभए मुलुक बर्बाद हुन्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

देउवापछि बोलेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यहि बोल्दै नहिंड्न चेतावनी दिए । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं फर्किने फ्लाईटका कारण पौडेलभन्दा पहिले बोलेका कांग्रेस सभापति देउवाले कांग्रेसले संसद पुर्नस्थापना वा निर्वाचन मध्ये कुनैपनि विषयमा नलागी अदालतको फैसला मान्ने बताएपछि आक्रोसित बनेका पौडेलले भने,‘केपी ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ, नेताहरुचाहिं जनतालाई कन्फूयजनमा पारेर हिंड्ने… पुरा पढौ

पोखराको पार्किङ व्यवस्थापनमा पोउवा संघको चासो, व्यवस्थित पार्किङको लागि सुझाव संकलन सुरु

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी/ व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उदेश्यले सुझाव संकलन थालिएको बताए । पोखरा उद्योग वाणिज्य संघले यसअघि पोखराको फुटपाथमा हुने अनधिकृत व्यापार हटाउन खेलेको भूमिकाको स्मरण गर्दै अध्यक्ष कोइरालाले अहिले देखिएको समस्या समाधानको लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको बताए । उनले… पुरा पढौ

प्रधानमन्त्री ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई यसो गर र उसो गर भनेर भन्न नहुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसद विघटन सम्बन्धी मुद्धामा अदालतलाई यहि गर भनेर राजनीतिक दलले भन्न नहुने बताएका हुन् । अदालतले जे फैसला गरेपनि कांग्रेसलाई मान्य भएको बताउँदै उनले भने,‘अदालतलाई हामीले यसो गर, उसो गर भन्ने होइन । सडकमा आन्दोलन गर्ने होइन ।’ उनले अगाडि थपे,‘संसद विघटन सम्बन्धी मुद्धा अदालतमा बिधाराधीन छ,… पुरा पढौ