समाचार

पोखरामा शंकास्पद अवस्थामा महिला मृत फेला

पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–३३ उपल्लो पुँडी बस्ने बमबहादुर पुनकी ४२ वर्षिया श्रीमती हरीमाया पुन मृत अवस्थामा फेला परेकी हुन् । गएराती आफ्नै घर भित्रको सुत्ने कोठामा सुतेकी उनी विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी खाटमा मृत भेटिएको प्रहरीको भनाई छ । शंकास्पद अवस्थामा महिला मृत भेटिएपछि उनको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

मादीको केन्द्र सार्ने निर्णयबिरुद्धको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता

मादी गाउँपालिकाको केन्द्र सार्न लागेको बिरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिलाई नेपाली कांग्रेस कास्कीले ऐक्यवद्धता जनाएको छ । गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट स्थानीय स्वायत्त शासन ऐन र राजनितीक सहमति बिपरित गाउँपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको बिरुद्ध शुक्रबार आयोजित बिरोध सभामा नेपाली कांग्रेसका नेता एबम् पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कृष्णबहादुर केसी, नेपाली कांग्रेसबाट निर्वाचित मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, मादी गाउँपालिका लेखा समिति संयोजक सरोज केसी, युवा नेताहरू मादी १… पुरा पढौ

ओलीको संगठन मण्डलेहरुको, बिचार सर्वसत्तावाद र राजनीति व्यक्तिवाद हो : भुषाल

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुषालले केपी ओली चरम अवसरवादी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउनुको विकल्प नभएको बताएका छन् । नेकपा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘प्राज्ञिक÷बौद्धिक बहस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्ता अवसरवादी ओलीलाई माधव नेपाल, झलनाथ खनालहरुले बेलैमा नचिनेर संरक्षण गरेकोसमेत टिप्पणी गरे । कम्युनिष्ट भएर छिरेका केपी ओलीको अनुहार क्लियर भएर प्योर फर्ममा आएको बताउँदै उनले भने,‘ओलीको संगठन मण्डलेहरुको संगठन हो, बिचारचाहिं सर्वसत्तावाद हो र राजनीतिचाहिं… पुरा पढौ

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः उपप्रम पोखरेल

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारे। लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल… पुरा पढौ

साढे दुई घण्टाको बाटो ४५ मिनेटमा

म्याग्दी। सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ । रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हँुदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो । रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले हालै बुग्लमा ट्रस प्रविधिको ४० मिटर लामो यो पुल र सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुग्लदेखि झिँ जोड्ने सात किलोमिटर सडक निर्माण गरेको… पुरा पढौ

चितवनमा १८ मतदान केन्द्र थपिने

चितवन। जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो । कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उनले बताए । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता… पुरा पढौ

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको दैनिक संख्या ५६ हजार भन्दा बढी

साओ पाउलो। ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस… पुरा पढौ

गण्डकी प्रदेशसहित पश्चिम नेपालमा पानी पर्न थाल्यो, उच्च पहाडी भेग हिउँले सेताम्मै

यतिबेला, गण्डकी प्रदेशका भूमागमा हल्का वर्षा भएको छ। गण्डकी प्रदेशको पोखरा लगायत प्रदेशअन्तर्गतका जिल्लाहरुमा आज (शुक्रबार) सामान्य वर्षा भएको समाचार प्राप्त भएको छ। साथै, गण्डकी प्रदेशलगायत पश्चिम नेपालको अन्य ठाउँमा पनि पानी पर्न थालेको समाचारहरु प्राप्त भएका छन्। आज (शुक्रबार) बिहानैदेखि मौसममा बदलाब आएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा… पुरा पढौ

काठमाण्डौंको दरबारमार्गमा आज ओली समूहको शक्ति प्रदर्शन

नेकपा केपी ओली समूहले आज (शुक्रबार) राजधानी काठमाण्डौंमा शक्ति प्रदर्शन गर्दैछ। ओली समूहले नारायणहिटी अगाडि दरबारमार्गमा आज दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्न लागेको हो। शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ उतार्ने बताएको छ।विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू काठमाडौँमा जम्मा भएर १३ ठाउँबाट प्रदर्शनसहित ¥याली निकाल्ने तयारीमा छ। शक्ति प्रदर्शनमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रमको लागि महेश बस्नेतको नेतृत्वमा युवा संगठनले बिहीबार साँझ काठमाडौँमा मार्चपाससमेत गरेको थियो। यसअघि,… पुरा पढौ

नेपालमा फेब्रुअरीको अन्तिम साताबाट २२ लाख को–भ्याक्स खोप भित्रिदै

नेपालले कोभिड–१९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ। कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानूमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको हो। कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएको हो। नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो। विश्व स्वास्थ्य संगठनको पहलमा… पुरा पढौ