समाचार

केपी ओली सरकारले भूमिहीनलाई लालजपुर्जा दिन्छ : अध्यक्ष वैरागी

भूमीसम्बन्धी आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले केपी ओली नेतृत्वको सरकारले भूमीहीनहरुको समस्यालाई समाधान गर्ने बताएका छन् । कपा पोखरा–३१ को कार्यकर्ता भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य समेत रहेका उनले अब कोही पनि भूमीहीन नहुने दाबी गरे। बिगतमा लालपुर्जा बाँड्छु भन्दै धेरैले जनतालाई ढाँटेको भन्दै अब केपी ओलीको सरकारले लालपुर्जा दिने उनको बताए। नेता वैरागीले चुनावमा जाने कुरा प्रतिगामी हुनै नसक्ने दाबी गरे। ‘ताजा जनादेशका लागी जनताको बीचमा जाने विषय प्रतिगामी हुनै सक्दैन,’ उनले भने, ‘अब देश चुनावी माहोलमा होमिसक्यो चुनावको… पुरा पढौ

‘चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउँनेछ’

नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह–इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन्। नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा–१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नुपर्ने बताए। राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उनको भनाइ थियो। ‘प्रचण्ड झलनाथ र माधव नेपालले भूमी फिर्ताबारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको… पुरा पढौ

केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन : नेता अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मूल पार्टी भएको बताएका छन्। आगामी फागुन १५ गते हुने बृहत आमसभाका लागि नेकपा वडा नं २७ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले नेकपाको राष्ट्रवादी धारको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको दाबी गरे। विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिकारीले फागुन १५ गतेको आमसभा शक्ति प्रर्दशन मात्रै नभई चुनावी सभाको रुपमा बुझी सोही अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।कार्यक्रममा… पुरा पढौ

पोखरा–२१ मा राष्ट्रिय युवा संघको शक्ति प्रदर्शन

राष्ट्रिय युवा संघ पोखरा २१ कमिटीकोे युवा जागरण अभियन अन्र्तगत बृहत युवा विधार्थी भेला तथा मोटरसाइकल ¥याली सम्पन्न गरेको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधँमा’ भन्ने मुल नाराका साथ आयोजिक कार्यक्रममा बोल्दै युवा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सह इन्चार्ज तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले हामी नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताउँदै युवा जिम्मेवारी लिन तयार हुनुपर्ने बताए। कार्यक्रममा अर्का वक्ता तथा नेपाल कम्युनिष्ट पार्टीका य्वा नेता झपट रानाभाटले पोखरा २१ कम्युनिष्ट आधार किल्ला… पुरा पढौ

आन्तरिक पाहुनालाई पोखरा र नेपालगञ्जको प्याकेज

पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ। त्यसका लागि नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनीसहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एक–अर्काको सहरमा आउ–जाउ गर्दै पर्यटनमा सहकार्य थालेका हुन्। नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्जसहित पश्चिम क्षेत्रका गन्तव्यको घुमघाममा पठाउने पहलस्वरुप यो अभियान थालेको दुवै गन्तव्यका पर्यटन व्यवसायीले बताएका छन्। पर्यटनमा साझेदारी गरेका दुवै गन्तव्यका व्यवसायी अहिले एक–अर्काको सहरमा प्रवद्र्धनात्मक गतिविधिमा व्यस्त छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकमार्फत उकास्ने प्रयास स्वरुप… पुरा पढौ

मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीले जित्यो

पोखरामा भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले उपाधि जितेको हो । शनिबार भएको खेलमा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पन्छाउँदै उपाधि माथि कब्जा जमायो भने महिलातर्फ म्याग्दीले पर्वतलाई सोझो ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फको उपाधि भिडन्तमा तनहुँले पहिलो सेट स्याङजालाई २५–२३ ले गुमाएको थियो । पहिलो सेट… पुरा पढौ

कोरोनाविरुद्धको खोप लगाउने समय सोमबारसम्म थपियो

काठमाण्डौं । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने समय दुई दिन थप गरेको छ । सरकारी कार्यालयका कर्मचारी, स्थानिय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई दोस्रो प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो । आजसम्म दोस्रो चरणको खोप लगाउने समय तोकिएको भएपनि आगामी सोमबारसम्म थप समय बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ… पुरा पढौ

फागुनभित्रै कोभ्याक्स सुविधाको खोप आइपुग्ने

काठमाण्डौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए । उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन… पुरा पढौ

फलेवासमा नागरिक निवृत्तिभरण योजना शुरु

पर्वत । पर्वतको फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना शुरु भएको छ । नगरापालिकाभित्रका असङ्गठित मजदूर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम शुरु गरेको हो । साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम शुरु गरिएको हो । असङ्गठित मजदूरले काम गर्न सक्ने उमेरसम्म मासिक रुपमा नगरपालिकामा रु ५०० का दरले जम्मा गर्ने र… पुरा पढौ

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ” निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र… पुरा पढौ