समाचार

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीबाट राय लिन शुरु

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धकच मुद्दामा आजदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी(एमिकस क्युरी( बाट राय लिन काम शुरु भएको छ । पाँच जना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गरे । उनले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गरे । नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिए। “संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ (७) को साइलेन्स… पुरा पढौ

सरकार हुनुको महशुष हामीलाई बल्ल हुँदैछ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार बनेको ३ वर्ष सकिदापनि काम गर्न नसक्नुमा संघ सरकार दोषी रहेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापनाको तेश्रो वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघ सरकारका कारण प्रदेश सरकार स्थापना भएको ३ वर्ष बित्दापनि काम गर्न नसकेको गुनासो गरेका हुन् । जनताको साथ र समर्थन हुँदाहुँदैपनि काम गर्न सकिएन,उनले भने,‘संघ सरकारका कारण, सिंहदरबारका कारण, केन्द्रीकृत मानसिकताका कारण काम गर्ने वातावरण नै बनेन ।’ काम गर्न नसकेकोमा… पुरा पढौ

सरस्वती पुजा एवं भजन गायन कार्यक्रम सम्पन्न

पोखरा । नेपाल शास्त्रीय संगीत समाज, गण्डकी प्रदेश र संगीत प्रशिक्षण केन्द्र, पोखराको संयुक्त आयोजनामा बसन्त पञ्चमीको अवसरमा “सरस्वती पुजा एवं भजन गायन २०७७” कार्यक्रम बिन्ध्यवासिनी स्थित संगीत प्रशिक्षण केन्द्रको सभाहलमा सम्पन्न भएको छ । समाजका गण्डकी प्रदेश संयोजक तथा केन्द्रका द्वितिय उपाध्यक्ष वरिष्ठ तबलाबादक श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव डा. चैतन्य अधिकारि प्रमुख अतिथि रहेका थिए । झण्डै दुइ घण्टा औपचारिक रुपमा संचालन भएको कार्यक्रममा सरस्वती पुजन संगै बिभिन्न भजन प्रस्तुति र… पुरा पढौ

गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमणमुक्त, थप १४ जना कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा मंगलबार २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । प्रदेशका ७८ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार आज थपिएका मध्य कास्कीका ११ जना, स्याङ्जा, तनहुँ र म्याग्दीका एक–एक जना छन् । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ८४८ पुगेको छ । ति मध्य १५ हजार… पुरा पढौ

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । “बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्”, पूर्वप्रधानमन्त्री दाहालले भने । अदालतले… पुरा पढौ

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि

वालिङ।स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिए।आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने भएको उनले बताए । महोत्सवस्थलमा आलुको… पुरा पढौ

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

वाग्मती। डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२… पुरा पढौ

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौँ। खेलका क्रममा घाइते भएकी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छिन् । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्। खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरीएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बोरेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले… पुरा पढौ

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उनले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारको पूर्ण सहयोग रहने बताए । “पूर्वीय दर्शनको उद्गम भूमि नेपाललाई धार्मिक पर्यटनमार्फत प्रचारप्रसार गर्नुपर्छ”,उनले भने । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालको धार्मिक क्षेत्रको संरक्षण गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। नेपाल तपोभूमिको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ… पुरा पढौ

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

पर्वत। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् । अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा… पुरा पढौ