समाचार

युथ कम्युनिटी क्लवका सदस्यलाई अन्नपूर्ण हस्पिटलमा १५ प्रतिशतसम्म छुट

युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलहरुलाई अन्नपूर्ण चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलमा उपचारमा छुट दिइने भएको छ । पोखरामा रहेको सो हस्पिटलमा क्लवका सदस्यहरुको उपचार गर्नुपर्ने भए हस्पिटलको सेवा तथा वेडमा १५ प्रतिशत छुट दिइने भएको हो । त्यस्तै, प्याथोलोजीमा १२ प्रतिशत, रेडियोजी विभागमा १२ प्रतिशत र औषधीहरुमा १० प्रतिशत छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको क्लवका अध्यक्ष पूर्ण श्रेष्ठले जानकारी दिए । सम्झौतामा क्लवका तर्फबाट कार्यक्रम संयोजक सुशीला केसी र हस्पिटलका डाइरेक्टर डा.शंकर पौडेलले हस्ताक्षर गरेका छन् । सो अवसरमा वोल्दै… पुरा पढौ

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा… पुरा पढौ

पो.उ.वा.संघको १५८१ मतगणना सकियो, कसको कति मत ? हेर्नुहोस्

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि भएको मतदानको मतगणना जारी छ । मत गणना अन्तर्गत अहिले कार्यकारिणी सदस्यको मतगणना भइरहेको हो । हालसम्म १ हजार ५ सय ८१ मत गणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार शोभा गौतम र देवेन्द्र केसीले सर्वाधिक मत प्राप्त गरेका छन् । १ हजार ५ सय ८१ मत गणना सकिदा गौतमले १ हजार २ सय २५ मत प्राप्त गरेकी छन् भने केसीले १ हजार २ सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै,… पुरा पढौ

दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण प्रगति कम… पुरा पढौ

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्नुभयो । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो हुनुभयो । गत वर्ष नेपालमै… पुरा पढौ

अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै १७ महिला,… पुरा पढौ

जुम्लामा कालिजपालन

जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो । जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय शुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसाय शुरु गरिएको पाण्डेले बताउनुभयो । हिमाली हावापानीमा पालिएको कालिज पोषणका… पुरा पढौ

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता… पुरा पढौ

दुर्गममा टेलिकमको सेवा विस्तार

सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ । शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा सहज थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरको पहुँच पुग्दैनथ्यो । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । अब भने नर्जाका २५०… पुरा पढौ

संकटमा गन्धर्व पेशा

सारङगी बजाएर गाउँघरमा सूचना प्रवाह गर्दै हिड्ने गन्धर्व पेशा आजकल संकटमा पर्दै गएको प्रति चिन्ता प्रकट गर्न थालिएको छ। गन्धर्व जातिको अघिल्लो पुस्ता सकिदै गएको र आवश्यक मात्रामा नयाँ पुस्तामा बजाउने सीपको हस्तान्तरण हुन नसक्दा यो पेशा संकटमा पर्दै गएको हो ।त्यसका साथै कतिपय सारङगी बजाउन जानेका नयाँ पुस्ताले गाउँघरमा गई गीत गाउन लाज मान्ने गरेको र पछिल्लो पटक भित्रीएका विभिन्न संचार माध्ययमले पनि यो पेशालाई छायाँमा परेको स्वयम् गन्धर्व समुदायको अनुभव छ ।पुर्खाले पच्छाएको पेशा गर्न मन भएपनि गाउँघरमा… पुरा पढौ