समाचार

बेलायती महारानी र राजकुमार फिलिपले लगाए कोरोनाविरुद्धको खोप

बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले कोरोनाविरुद्धको खोप लगाएका छन्। ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमारले शनिबार कोरोनाको खोप लगाएको बकिङघम प्यालेसले जानकारी दिएको छ। उनीहरु अहिलेसम्म कोरोना संक्रमण हुनबाट भने जोगिएका छन्। तर ७२ बर्षिय राजकुमार चाल्र्स र राजकुमार विलियमलाई भने गत मार्चमा कोरोना संक्रमण भएको थियो। बेलायतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ८० वर्षभन्दा माथिकालाई भ्याक्सिन दिदै आएको छ। नयाँ स्वरूपको कोरोना फैलिएपछि बेलायतमा अहिले फेरी लकडाउन गरिएको छ भने कोरोनाविरुद्धको फाइजर र अक्फोर्डको भ्याक्सिनलाई प्रयोगको अनुमति… पुरा पढौ

शिवबहादुर र निर्मलाले जिते भिक्टोरी हाफ म्याराथनको उपाधि

बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्। म्याराथनको २१ किलोमिटर दुरी रायमाझीले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा नारायण दल गण कपिलवस्तुका सुबास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए। त्यस्तै, बिन्दवासिनी बाहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने। यसैगरी, महिलातर्फको उपाधि गरुण दल बुटवलकी निर्मला केसीले हात… पुरा पढौ

पोखरा उ.वा. संघको मतगणना हुँदै, कसले मार्ला बाजी ?

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार भएको मतदानको मतगणना आज हुँदैछ । पोखरा प्रदर्शनी केन्द्रमा हुने मतगणना विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ । संघको शनिबार भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ । संघको नया नेतृत्वका लागि नारायण कोईराला र विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्षका… पुरा पढौ

५६ जना यात्रु बोकेको इण्डोनेसियाको विमान सम्पर्कविहीन

इण्डोनेसियाको राजधानी जर्काताबाट उडेको श्रीविजया एअर बोइङ ७३७ केही समयमै सम्पर्कविहिन भएको छ । सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ। राजधानी जकार्ताबाट वेस्ट पोन्टीनाकतर्फ उडान भरेको विमान कलिमनतन प्रान्तको आकासमा पुगेपछि केही समयमै सम्पर्कविहीन भएको थियो । इन्डोनेशीयाको राजधानी जर्काताबाट उडेको यस आन्तरिक उडानको विमान सम्पर्कमा नआएको विमानसेवा श्रीविजया एयरलाइन्सको आधिकारिक स्टेटमेन्टमा उल्लेख छ। इन्डोनेशीयाको यातायात मन्त्रालयका प्रवत्ता अदिता इरावतीका अनुसार यस बोइङ ७३७–५०० मोडलको जहाज जर्काताबाट स्थानीय समय अनुसार १ बजेर ५६ मिनटमा उडेको हो। करिब २… पुरा पढौ

नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता अपिल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा आज अपिल जारी गर्दै उहाँले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गरेका हुन् । पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उनले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गरे।… पुरा पढौ

कांग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरेका थिए । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद… पुरा पढौ

खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन : सदस्य सचिब सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन । नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका हुन । खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको बताउँदै उनले भने–“खेलकुद विकास लाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।” नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको… पुरा पढौ

लायन्स गतिशिल मञ्जरीको न्यानो कपडा सहयोग

पोखरा, पौष २५लायन्स क्लब अफ गतिशिल मञ्जरीले अकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।पोखरा १९ लामाचौरस्थित विद्यालयका ३० विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै को-चिफ एड्भाइजर विनोद ढुङ्गानाले ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लायन्स गतिशिल मन्जरीले गरेको कार्यक्रमको स्वागत र समर्थन गर्दै प्रशंसा गर्नुभयो । अर्का को-चिफ एड्भाइजर सुचित्रा थापाले लायन्स आफैमा सामाजिक संस्था भएको र यस्ता विद्यालयमा सहयोगको हात बढाउनु आफैमा प्रशंसनीय भएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सीता काफ्लेले विद्यालय पोखरा महानगरपालिकामा भएपनि… पुरा पढौ

ढिकुरपोखरी समाजको साधारणसभामा एभरेस्टकर्मी पौडेल सम्मानित

ढिकुरपोखरी समाज पोखराको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ ।समारोहका बीच पत्रकार श्रीभद्र पौडेल सम्मानित भएका छन् । पौडेललाई पत्रकारिता क्षेत्र मार्फत समग्र कास्की जिल्लाको विकासमा योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो।कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी समाजका सल्लाहाकार कुलबहादुर गुरुङ कुलुले समाज एकताको प्रतिक भएको चर्चा गर्दै समाज मार्फत भातृत्व विकास गर्नुपर्नेमा जोड दिए । उनले समाजद्वारा स्थापीत अक्षयकोषको सदुपयोग हुनुपर्ने पनि औँल्याए ।उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अन्नपूर्ण… पुरा पढौ

संसद् विघटनविरुद्ध उत्रिए पोखरेली कलाकार, साहित्यकार

पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले संसद् विघटन गरेका भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गरे । केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब… पुरा पढौ