समाचार

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका हुन । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”, उनले भने । नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत… पुरा पढौ

फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीले दिइन् शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका संपूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने शुभकामनामा जनाएकी छन्। राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी… पुरा पढौ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट ‘बर्खास्त’ गरिएको घोषणा गरेका हुन्। बीबीसीका अनुसार, सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन। न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो। अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भएपनि ट्रम्पले… पुरा पढौ

थानकोटमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

कार्तिक २५ काठमाण्डौ । काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान चार बजे नम्वर नखुलेको बसको ठक्करबाट वर्ष ४० का नविन लोहारको मृत्यु भएको प्रहरीले जनकारी दिएको छ । बाजुरा घर स्थायी घर भएका लोहार थानकोटमा तरकारी बेच्च हिड्ने क्रममा बसले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीरमा घाइते भएका उनको ओम समाज अस्पतालमा ज्यान गएको हो । उनलाई ठक्कर दिने बसको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

काठमाण्डौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्सेमा पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसीपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। च्याम्पियनसीपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै,… पुरा पढौ

नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैं, विजेताले टोकियो ओलम्पिकमा सहभागिता जनाउने

लकडाउनपछिको करिब ८ महिनापछि नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैंछ। आगामी मंसीरको ६ गते छैटौं संस्करणको नेपालगञ्ज म्याराथन हुने भएको हो। नेपालगञ्ज म्याराथनका लागि नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त राष्ट्रिय खेलकुद परिषद् राखेपले स्वीकृति दिइसकेको छ। क्रिएटिभ ह्यान्डसले पत्रकार सम्मेलन गरेर मंसिर ६ गते नेपालगन्ज म्याराथन हुने जनाएको हो। नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले सन् २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउन पाउनेछ। यसले खेलाडीमा उत्सुकता थपिएको छ भने लकडाउनपछि खेलकुद गतिविधि नेपालगन्जबाटै सुरु हुने भएको छ। नेपाल ओलम्पिक कमिटी… पुरा पढौ

सरकारले कोरोना परीक्षण र उपचार निःशूल्क गर्ने

कार्तिक २५ काठमाण्डौं । सरकारले सबै नागरिकको कोरोना परिक्षण र उपचार निःशूल्क गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशूल्क उपचार र सरकारी प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्रै परीक्षण तथा उपचार निःशूल्क गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पताल र प्रयोशालाबाट निःशूल्क उपचार र परीक्षण गर्ने निर्णयमा पुगेको हो । यस्तै सरकारले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट परराष्ट्र मन्त्रालयको… पुरा पढौ

घाँस काट्न गएकी किशोरीको चितुवाको आक्रमणबाट मृत्यु

कार्तिक २४ बैतडी । चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा जिल्लाको शिवनाथ गाउँपालिका ४ बगारकी १८ वर्षिया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । डडेल्धुराको भागेश्वर गाउँपालिका १ को मर्मागाडमा घाँस काट्नका लागि गएकी उनलाई सोमबार दिउँसो साँढे २ चितुवाले आक्रमण गरेको थियो । यस अघि डडेल्धुराको भागेश्वरमा आइतबार मात्रै चितुवाको आक्रमणबाट १२ वर्षीय बालकको ज्यान गएको थियो । अहिलेसम्म चितुवाको आक्रमणबाट बैतडीको तल्लोसोराड क्षेत्रमा २७ जनाको ज्यान गइसकेको छ भने कैयौँ… पुरा पढौ

सांसद बराल भन्छन् : ‘नीति, विधि र उद्धेश्य अनुरुप पार्टीले अगाडि बढ्ने आँट गरोस्’

नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ले नेकपाले नीति, विधि र उद्धेश्य अनुरुप अगाडि बढ्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै गण्डकी प्रदेश सांसदसमेत रहेका नेकपा गण्डकी प्रदेश कमिटी सदस्य बरालले पार्टीले आफ्नो नीति, विधि र लक्ष्य समात्नुपर्ने बताएका हुन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति लक्षित असन्तुष्टी स्वरुप कार्यकर्ताको माग भन्दै उनले स्टाटसमा लेखेका छन्,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नीति, विधि र र उद्धेश्य अनुरुप अगाडि… पुरा पढौ

टायर पड्किँदा जुम्लामा एकको मृत्यु

कार्तिक २४ जुम्ला । डोजरको टायर पड्किँदा जुम्लामा एक जनाको मृत्यु भएको छ । टायरमा हावा भर्ने क्रममा अचानक पड्किँदा जिल्लाको कनकासुन्दरी गाउँपालिका २ मा रहेको उल्खेमा स्थानिय ५९ वर्षीय धनराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । घट्नास्थलमा मृत्यु भएका रावतको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पुरा पढौ