समाचार

लमजुङको हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल

लमजुङको पर्यटकीय स्थल हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको छ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ स्थित हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको हो । पोखराको ओपन स्काई प्याराग्लाईडिङ् कम्पनी प्रालिका टेण्डम फ्लाईट पाईलट नुरेन राना र सोलो पाइलट सुमन मगरले सोमबार सफलतापूर्वक प्याराग्लाईडिङ गरेको मस्र्याङ्दी गाउँपालिकाका उपप्रमुख होमबहादुर विकले जानकारी दिए । पुरा पढौ

प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बने हितेन्द्रदेव शाक्य

कार्तिक २४ काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा अर्को व्यवस्था नभइन्जेलसम्मका लागि निमित्त प्रमुख तोकेको हो । कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता… पुरा पढौ

सरकार परिवर्तन हुँदैनः प्रवक्ता गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। उनले भनेका छन्, ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।’ नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति, संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाए। उनले अगाडि थपे, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध… पुरा पढौ

आईपीएलको इतिहासमै दिल्ली पहिलो पटक फाइनलमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो। शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ उत्रिएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर… पुरा पढौ

पोखरा लगायत देशभर अत्यधिक चिसो बढ्दै

केही दिनयता पोखरा लगायत देशैभर अत्यधिक चिसो बढेको छ। पोखरा लगायत देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ। आज (सोमबार) बिहान पनि पोखराको न्यूनतम तापक्रक १२ दशमलव १ डिग्री सेल्सियसम झरेको छ। मौसम पूर्वानूमान महाशाखाले आज (सोमबार) को ११ दशमलव १३ डिग्री सेल्सियसम्म यहाँको न्यूनतम तापक्रम झर्ने अनुमान लगाएको छ । अधिकतम तापक्रम २६ दशमलव २ डिग्री सेल्सियस रहने बताएको छ। त्यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ। हिँजो काठमाण्डौको… पुरा पढौ

गण्डकीमा कोरोनाबाट प्रोडक्टिभ उमेर समूहका सबैभन्दा धेरै संक्रमित

गण्डकी प्रदेशमा उत्पादनशील (प्रोडक्टिभ) उमेर समूहका सबैभन्दा धेरै संक्रमित भएको पाईएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका संक्रमित मध्ये सबैभन्दा धेरै उत्पादनशील २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाहरु रहेका हुन् । अहिले संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै भर्खरै जागिर शुरु गरेकादेखि जागिर खाएर कमाएको पैसाले घर परिवार चलाउनुपर्ने उमेर समूहका सबैभन्दा धेरै कोरोना संक्रमणबाट प्रभावित भएको तथ्यांकले देखाएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएा छन्… पुरा पढौ

यस वर्ष, भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो । राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी, धनवन्तरी जयन्ती, धन त्रयोदशी… पुरा पढौ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले आज (सोमबार) १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ। केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ। यस्तै, १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ। बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ। त्यस्तै, १२ अर्ब… पुरा पढौ

फराकिलो सोंच बनाएर नेतृत्व गर्नुस : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो सोंच बनाएर नेतृत्व गर्न सल्लाह दिएका छन्। आइतबार, बालुवाटारमा नेता नेपालसहित अरु नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको प्रतिक्रिया दिएपछि नेता नेपालले यस्तो जवाफ सुझाव दिएका हुन् । नेता नेपालले पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया, पद्धति एवं विधानअनुसार हुनुपर्नेमा जोड दिए। नेपालले सबैलाई मिलाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको पार्टी श्रोतले बताएको छ। स्रोतका अनुसार, पार्टी कमिटी बैठक बोलाएर ठोसरुपमा समाधानको… पुरा पढौ