समाचार

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी बर्दघाट सुस्तापश्चिम, नवलपरासी बर्दघाट सुस्तापूर्व र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित… पुरा पढौ

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गरेकी हुन्। भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ… पुरा पढौ

आईपीएलको उपाधिका लागि आज (मंगलबार) दिल्ली र मुम्बई फाइनल खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स फाइनल खेल्ने भएका छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई ३ पटक हराएको छ। मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली… पुरा पढौ

गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्ने बताएका छन् । माछापुच्छ्रे गाउँपालिका ५ रिभानस्थित रिभान खहरेखोला पुल निर्माणको मंगलबार शिलान्यास गर्दै मन्त्री बस्नेतले यसअघीका सरकारले जस्तो मुखले जे भन्छ त्यो नगर्ने काम वर्तमान सरकारले नगर्ने बताएका हुन् । यसअघीका सरकार जस्तो यो सरकार होईन,‘यो सरकार जे भन्छ, त्यहि गर्छ ।’ हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र संघीयता आएको र त्यसैका आधारमा बनेको सरकारले जनताको पीरमर्का र बुझेर काम गर्ने… पुरा पढौ

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन । उनको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उनिप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।” रासस पुरा पढौ

राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा बन्दना राणा

महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन्। सोमबार राति भएको चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। चुनावमा जम्मा १ सय ८९ मतमध्ये राणाले १ सय ३७ मत प्राप्त गरिन्। समितिको ११ सदस्यीय पदका लागि २० जनाको उम्मेदवारी थियो। दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताएकी छन्। संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य छन्। पुरा पढौ

पहिरोले घर बगाएको रिभानमा मोटरेबल पुल बनाउन शुरु

कास्कीको माछापुच्छ«े गाउँपालिकाको रिभानमा मोटरेवल पुल निर्माण हुने भएको छ । २०७४ साल साउन २४ गते पहिरो गएर एक दर्जन घर बगाएको ठाउँ माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ स्थित रिभान खहरे खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको हो । लाहाचोक–ल्वाङ रोडमा पर्ने उक्त पुल निर्माणको गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलबार शिलान्यास गरे । स्थानिय जनप्रतिनिधि गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालको विशेष पहलमा गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ५ करोड ९८ लाख ३० हजार ६ सय ८२ रुपैयाँको… पुरा पढौ

पाकिस्तानमा बिहेका लागि मापदण्डः समारोमा भाग लिने सबैको ज्वरो परीक्षण अनिवार्य

पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ। कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। पाकिस्तानभित्र हुने जुनकुनै वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको… पुरा पढौ

काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गरेका योगदानको स्मरण गर्दै उनिप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन । महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगेका थिय । सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले… पुरा पढौ

कोभिड भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण रोक्ने कम्पनीको दाबी

कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ। सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु पिफाइजर र बायो एनटेकले निर्माण गरेका हुन्। कम्पनीले भ्याक्सिनमा प्राप्त पछिल्लो उपलब्धि विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको जनाएका छन्। उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजारभन्दा बढी मानिसहरुमा परीक्षण गरिएको थियो। यसैबीच, ती कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएका छन्। पुरा पढौ