समाचार

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३… पुरा पढौ

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन । श्रेष्ठको शुक्रबार ९३ वर्षको उमेरमा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय श्रेष्ठले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ । काँग्रेसले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक… पुरा पढौ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छिन् ।आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरीन । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम… पुरा पढौ

ढाकामा रहेको नेपाली फुटबल टोलीको प्रशिक्षण आज (आइतबार) बाट

बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार)बाट प्रशिक्षण सुरु गर्ने भएको छ। ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको हो। नेपालले आज (आइतबार) शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्नेछ। मैत्रीपुर्ण खेलका लागि नेपालबाट २५ खेलाडी ११ अफिसियल ढाका पुगेका छन्। ढाका पुगेको ३ दिनमै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो। प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि… पुरा पढौ

मुलुकलाई विभाजित गर्दिन, रातो र निलो रंग भन्दिन : जो बाइडेन

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीलाई सम्बोधन गर्दै अमेरिकी मुलुकलाई विभाजित नगरी जोड्ने बताएका छन्। गृहराज्य डेलवरको विलमिङटनबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘मुलुकलाई विभाजित नगरी जोड्नेछु, रातो निलो रंगको राज्यलाई हेर्दिन, संयुक्त राज्य अमेरिका आफ्नो दृष्टिमा रहनेछ, तीतो बयानबाजी छोडेर एक अर्कालाई मौका दिएर हेर्नुपर्नेछ।’ उनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। जनताको भरोसालाई विनम्रतापूर्वक स्वीकार गरेको बताउँदै बाइडेनले आफू कुनै पार्टीको नभई अमेरिकाको राष्ट्रपति बनेको उल्लेख गरे। सबैको साथ र सहयोगले अमेरिकालाई… पुरा पढौ

काँग्रेस पदाधिकारी बैठक आज (आइतबार) पनि

नेपाली काँग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक आज (आइतबार) पनि बस्दैछ। पार्टीको शनिबार बसेको बैठकले कुनै निष्कर्ष ननिकाली टुंगिएककाले आज (आइतबार) पनि बैठक बस्ने भएको हो। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागको विषय टुंगोमा पुग्न नसकेको काँग्रेस श्रोतले बताएको छ। श्रोतका अनुसार, बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वउपसभापति गोपालमान श्रेष्ठले गठन भइसकेका विभाग र महाधिवेशन मिति हेरफेरमा सहमति गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। काँग्रेस पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले विधानविपरीत भएका… पुरा पढौ

अमेरिकामा पहिलो अस्वेत महिला उपराष्ट्रपति कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्। नेपाली समयअनुसार शनिबार अबेर राति आएको नतिजाअनुसार कमला विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको पहिलो महिला अश्वेत उपराष्ट्रपतिमा चुनिएकी हुन्। उनी उपराष्ट्रपतिमा निर्वाचित हुनु निकै धेरै अर्थमा ऐतिहासिक बनेको छ। कमला, पहिलो महिला उपराष्ट्रपति हुन्, पहिले अश्वेत उपराष्ट्रपति हुन् र पहिलो दक्षिण एशियाली मूलकी उपराष्ट्रपति पनि हुन्। अमेरिकी राजनीतिक इतिहासमा कमला शीर्ष स्थानमा पुग्नु भनेको महिलाका लागि पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ। क्यालिफोर्नियाकी सिनेटर कमलाले उपराष्ट्रपतिमा निर्वाचन जित्नुलाई अमेरिकी इतिहासमा ठूलो उपलब्धिका रुपमा… पुरा पढौ

जीप दुर्घटना एक जनाको मृत्यु

जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ… पुरा पढौ

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन्। मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिएका छन्। गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ।विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश नं २ का छन्। प्रदेश नं २ मा १ सय ३६ स्थानीय तहमध्ये १ सय ४ ले मात्र विवरण पेश गरेका छन् भने… पुरा पढौ

‘जिब्रो बम’को उपमा पाएका बाईडेन को हुन् ?

सिनेट छिरेको ४७ वर्षपछि जो बाईडेनलाई राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ । उनी सन १९७३ मा सिनेट सदस्य बनेका थिए । जतिबेला अहिलेका कयौं परिचित र चर्चित अमेरिकी नेताहरुको नामोनिसानसमेत थिएन । उनी सातौंपटकसम्म सिनेट सदस्य बनिसकेका छन् । ४७ वर्ष पहिले सिनेट सदस्य बनेका जो बाईडेन अहिले ४७ वर्ष पछि अमेरिकी राष्ट्रपतिमा सर्बाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल… पुरा पढौ