समाचार

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

पोखरा महानगरपालिका-४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरतासमेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो । पुल निर्माणको ठेक्का पाएको शान्ति–आरोग्य जेभी सानेपा ललितपुरले पटकपटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बाँस्तोलाले बताए। उनले भने, “पुल निर्माण… पुरा पढौ

आज भूकम्प स्मृति दिवस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि… पुरा पढौ

मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा यही बैशाख १२ गते शुक्रबार बिहान ७ बजे बृहत् ट्याक्सी र्‍याली आयोजना हुने भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हो। महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा,… पुरा पढौ

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल… पुरा पढौ

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

पोखरा । कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको निर्माण प्रगतिको सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीले बिहिबार समन्वय बैठक समपन्न भएको छ । आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका बिबाद समाधान गर्न सो समन्वय बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए । ४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी आयोजनाको… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले क्याम्पसमा कार्यरत प्राध्यापकहरू प्रविधिमा दक्ष हुँदा विद्यार्थी वर्ग लाभान्वित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले डिजिटल युगमा प्रविधिमैत्री शिक्षण अनिवार्य बन्दै गएको उल्लेख गर्दै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्राध्यापकहरूलाई आग्रह गरे । बरालले कार्यशालाबाट प्राध्यापकहरूमा नयाँ ऊर्जा,… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई टेल्जीको साथ

वैशाख ११, पोखरा । योमामाई मोर्टस् प्रालिले नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोटर्स प्रालिले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रालिका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ९… पुरा पढौ

पश्चिमाञ्चल माध्यमिक विद्यालयद्वारा ‘सौन्दर्यकता’ तालिम

पोखरा । सौन्दर्यकलाको सीप दिलाउनका लागि म्याग्दीको बेनीमा ‘स्किन केयर तथा सेल्फ मेकअप’ सम्बन्धि निशुल्क तालिम सुरु गरिएको छ । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको उक्त तालिम एकसातासम्म संचालन हुनेछ । प्रशिक्षणमा म्याग्दीका विभिन्न विद्यालयबाट यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छात्राहरु सहभागि रहेको विद्यालयका प्राचार्य सरोज कोइरालाले जानकारी दिए । प्रशिक्षणको प्रमुख अतिथि सौन्दर्यकला व्यावसायी संघकी केन्द्रीय उपाध्यक्ष सोनम गुरुङले उद्घाटन गरेकी थिईन । प्रशिक्षणमा ३० जना छात्राहरु सहभागि छन् । प्राचार्य कोइरालाका अनुसार एकसाताको यो प्रशिक्षणमा… पुरा पढौ

रेलेखोला जलविद्युत आयोजना निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ । आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको जानकारी दिए । “बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परिक्षण थालिएको छ,” उनले भने “भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।”… पुरा पढौ

मुस्ताङ कारागारका कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

मुस्ताङ । मुस्ताङ जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख… पुरा पढौ