समाचार

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा वक्ताहरुको जोड

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसका अवसरमा आज आयोजित ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण’ विषयक अन्तरसम्वादमा उनीहरुले लोकतन्त्र प्राप्त गरेर मात्र नहुने त्यो जीवन पद्धति, व्यवहार र आचरणमा झल्कनुपर्ने बताए । गैरसरकारी संस्था महासङ्घ, गण्डकीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखे । “प्रभावकारी सेवा प्रवाह, संस्थागत संरचना विकास, पारदर्शी र जवाफदेही… पुरा पढौ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो… पुरा पढौ

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ । च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो । हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि… पुरा पढौ

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’

आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६०… पुरा पढौ

आज १९औँ लोकतन्त्र दिवस

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको… पुरा पढौ

ईस्लामिक कंकोरस बन्यो क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कपको च्याम्पीयन

पोखरा, बैशाख १० क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट प्रतियोगितामा ईस्लामिया कंकोरस च्याम्पीयन बनेको छ । पोखरा महानगरपालिका क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उपाधि ईस्लामिया कंकोरसले जितेको हो । समान खेल जितेर अंक बराबर भएपनि नेट रनरेटमा अन्य दुई टिमलाई पछि पार्दै ईस्लामिया कंकोरस च्याम्पीयन बन्न सफल भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयन बनेको ईस्लामियाको प्लस २.४३ रनरेट थियो भने उपबिजेता बनेको पोखरा फोनिक्सको प्लस ०.१४ र अन्तिम बनेको फिस्टेल अप्मस्टको माइनस… पुरा पढौ

कास्की कांग्रेसले भन्यो : पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर

पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको… पुरा पढौ

‘कानूनले महिला र पुरुषलाई समान भनेपनि व्यवहारमा छैन’

पोखरा, बैशाख १० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला र पुरुषबीच विभेद जारी रहेको बताएका छन् । लैंगिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग बुधबार पोखरामा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान र कानूनले महिला र पुरुषलाई समान मानेर अधिकार दिएपनि व्यवहारमा विभेद रहेको स्विकारेका हुन् । नेपालको संविधान २०७२ ले महिला र पुरुषलाई समान अधिकार दिएको छ,उनले भने,‘तर व्यवहारमा त्यो लागू छैन । अर्थात महिलामाथि हिंसा र विभेद कायम छ ।’ यद्वपी समान न्याय तथा… पुरा पढौ

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने,… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा, बैशाख १० पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुनेछ। महायज्ञका संकल्पकर्ता विजय… पुरा पढौ