समाचार

आफैँलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार… पुरा पढौ

फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु

गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उद्योगबाट सुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर… पुरा पढौ

गोरखामा घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । “वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू थालेको हो,” उनले भने, “अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।” वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप… पुरा पढौ

बरिष्ठ समाजसेवी बिश्लेषक निलकण्ठ शर्मा आज “तनहुँ रत्न सम्मान” बाट सम्मानित हुने

पोखरा, माघ १२ । तनहुँ सम्पर्क समाज पोखराले आफ्नो ८औं साधारण सभा तथा अधिवेशनको अवसरमा समाजका आजीवन सदस्य निलकण्ठ शर्मालाई “तनहुँ रत्न सम्मान” प्रदान गर्ने भएको छ। समाजले शर्माको अमूल्य योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागेको बताएको छ । अर्पण समारोह आज माघ १२ गते शनिबार बिहान ११ः३० बजे पोखरा पार्टी प्यालेस, महेन्द्रपुलमा आयोजना हुने अध्यक्ष भरत केसीले जानकारी दिए । कार्यक्रममा समाजका महासचिव यामबहादुर सुर्खालीले तनहुँ सम्पर्क समाज पोखराले हरेक वर्ष विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको बताएका… पुरा पढौ

बरिष्ठ समाजसेवी बिश्लेषक निलकण्ठ शर्मा शनिबार “तनहुँ रत्न सम्मान” बाट सम्मानित हुने

पोखरा, माघ ११ । तनहुँ सम्पर्क समाज पोखराले आफ्नो ८औं साधारण सभा तथा अधिवेशनको अवसरमा समाजका आजीवन सदस्य निलकण्ठ शर्मालाई “तनहुँ रत्न सम्मान” प्रदान गर्ने भएको छ। समाजले शर्माको अमूल्य योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागेको बताएको छ । अर्पण समारोह माघ १२ गते शनिबार बिहान ११ः३० बजे पोखरा पार्टी प्यालेस, महेन्द्रपुलमा आयोजना हुने अध्यक्ष भरत केसीले जानकारी दिए । कार्यक्रममा समाजका महासचिव यामबहादुर सुर्खालीले तनहुँ सम्पर्क समाज पोखराले हरेक वर्ष विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको बताएका छन्… पुरा पढौ

पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा… पुरा पढौ

भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

माघ ११ काठमाण्डौं । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको… पुरा पढौ

सुप्रिम सहकारी अपचलनः आज पनि सकिएन थुनछेक बहस

माघ ११ भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्र्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन… पुरा पढौ

निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

माघ ११ पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १–अन्डर २०६ स्कोर गरे। उनले आज भने ४–ओभर ७३ स्कोर गरे। उपाधि सहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे । निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो। उनको करियरको यो तेस्रो उपाधि हो । यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

माघ ११ लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए । मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारे ।… पुरा पढौ