समाचार

टाइगर कप भलिबलको पहिलो खेल एपिएफ र ट्राभल इन्क्वारीबिच हुने

पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी दर्शकले हरेक दिन पाँचवटा मोवाइल पाउने

पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकहरू मध्य हरेक दिन पाँचजनालाई मोवाइल पुरस्कार दिइने भएको छ । मोवाइल बितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपो अन्तर्गत मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था सहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ मेलामा जाने दर्शक मध्येबाट हरेक दिन पांच जनालाई डोर प्राइजको रुपमा ५ वटा मोवाइल उपलब्ध गराइने भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिएका छन्… पुरा पढौ

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेदेखि

पोखरा, माघ ११ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । उनले गण्डकी प्रदेश सरकारको सिफारिसमा यहि माघ २१ गतेदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । यसअघि गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम… पुरा पढौ

ड्याडिज किचनले खोल्यो पोखराको चिप्लेढुंगामा बाइसौं शाखा, चार करोड लगानी

पोखरा, माघ ११ ड्याडिज किचनले पोखराको चिप्लेढुंगामा शाखा बिस्तार गरेको छ । बुटवलको दीपनगरबाट सन २०१२ मा ठेलागाडा, फुड ट्रक, क्याफेहुँदै रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचनले पोखराको चिप्लेढुंगास्थित निभागल्लीको मुखमा नया शाखा सञ्चालनमा ल्याएको हो । यो ड्याडिज किचनको २२ औं शाखा हो भने पोखराको चौथो शाखा हो । शुक्रबारदेखि सञ्चालनमा आएको चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा उद्घाटन गरे । चार करोड लागतमा सञ्चालनमा आएको… पुरा पढौ

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ । घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना… पुरा पढौ

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू… पुरा पढौ

गोरखामा कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए । पुरा पढौ

सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

म्याग्दी । म्याग्दी बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ । वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी… पुरा पढौ

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । “जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ”, उनले भने, “यस वर्ष पनि उत्पादन वृद्धि हुने सङ्केत देखिएको छ ।” आलुखेती गर्ने… पुरा पढौ

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई सिट… पुरा पढौ