समाचार

३ बुँदे सहमतीपछि पोखरा महानगरमा कांग्रेसले लगाएको ताला खुल्यो

पोखरा, माघ ९ कांग्रेस जनप्रतिनिसँग सहमति भएपछि पोखरा महानगरपालिकामा लागेको ताला खुलेको छ । गणपुरक संख्या पुग्दापनि नगर सभा स्थगित गरेको विरोधमा कांग्रेसले महानगरमा लगाएको ताला सहमतिपछि खुलेको हो । एमालेले नगर सभा बहिस्कार गरेपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले नगर सभा स्थगित गरेका थिए । त्यहि विषयमा कांग्रेस जनप्रतिनिधिहरुले मेयर आचार्यको कार्यालयसँगै उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमा ताला लगाएको थियो । तर मंगलबार कांग्रेस जनप्रतिनिधि र मेयर आचार्य, उपमेयर गुरुङ र प्रमुख प्रशासकीय… पुरा पढौ

२४औं सशस्त्र प्रहरी दिवसमा गण्डकी प्रदेशबाट पाँच व्यक्तित्व सम्मानित

माघ ९, पोखरा ।सशस्त्र प्रहरी बलले बुधबार २४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ । विपद् प्रतिकार्य, सामुदायिक सुरक्षा, सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदानलाई सम्मानित गरिएको बाहिनीले जनाएको छ । सशस्त्र प्रहरी बलले पोखराका मेयर धनराज आचार्यलाई कालिका गण, कास्कीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेको छ। मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष… पुरा पढौ

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

दमौली । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ ।… पुरा पढौ

पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल

पोखरा । माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै लागि’ थिम र खेलकुदको विकासलाई सहयोग गर्ने उद्देश्यका साथ एनसेल टाइगर कपसंग जोडिएको हो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने टाइगर कपका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी… पुरा पढौ

गण्डकी प्रदेशका पत्रकारहरूको आर्थिक पत्रकारिता तालिम सम्पन्न

पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले पत्रकारहरूको लागि नेपालको पूँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा जानकारी दिनु महत्वपूर्ण रहेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आम नागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे।… पुरा पढौ

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो । विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए । विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।… पुरा पढौ

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो । अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राजभण्डारीले जानकारी दिए । उनले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताए । फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा… पुरा पढौ

सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो । सडक स्तरोन्नतीमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताए। उनका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा… पुरा पढौ

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

दमौली । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो । एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म… पुरा पढौ

बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप लगाईदै

गलकोट । यही माघ २२ देखि फागुन ३ गतेसम्म बागलुङ जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपिभी लगाइने छ । माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा… पुरा पढौ