समाचार

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उनले भने । रासस पुरा पढौ

टेसा पोखराको २६ औं वार्षिक साधारणसभा सम्पन्न

माघ ७ पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुु¥याएको बताए ।संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उनले आगामी दिनमा संस्थाको सफलताको कामना… पुरा पढौ

स्ववियु निर्वाचन चैत ५ गते

माघ ७ काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय… पुरा पढौ

राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश

माघ ७ काठमाण्डौं । सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र… पुरा पढौ

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ छ : गृहमन्त्री लेखक

माघ ७ मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताए । उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा… पुरा पढौ

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

माघ ७ पोखरा । पोखरा – ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकहरुलाई सहयोग गरेको छ । सहकारीले पोखरा–६ स्थित शुभकामना जेष्ठ नागरिकपार्क लाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री बितरण गरेको हो । सो सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवारलाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका हुन् । सो अवसरमा पोखरा –६ वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा… पुरा पढौ

सकियो नागीधार महोत्सव

माघ ७ पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा भएको नागीधार महोत्सव समापन भएको छ । माघ ४ गते देखि शुरु भएको महोत्सव १ दिन थप गरि सोमबार समापन गरिएको हो । महोत्सवमा सहयोग गर्ने सवैलाई संयुक्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले धन्यावाद व्यक्त गरे ।‘स्थानिय स्तरबाट गाउँमा गरिएको यो महोत्सव सोच भन्दा वढि सफल भएको महाशुस आयोजकले गरेको छ’ संयोजक गुरुङले भने, ‘महोत्सवलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक धन्यावाद ज्ञापन गर्दछ… पुरा पढौ

सिद्धि–सेतुली र सानिमा स्मृति पुरस्कारबाट गुरुङ र देवकोटा पुरस्कृत

पोखरा, माघ ७ सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले सोमबार दुई पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानले स्थापना गरेको सिद्धि–सेतुली स्मृति पुरस्कारबाट समाजसेवी तथा महिला उद्यमी सीता गुरुङ र सानिमा स्मृति पुरस्कारबाट समाजसेवी तथा अधिकारकर्मी जौमाया देवकोटालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी, अभियन्ता तथा महिला उद्यमी राधादेवी बास्तोला, प्रतिष्ठानका संरक्षक विश्वरत्न शाक्य, बरिष्ठ पत्रकार नारायण कार्की, प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार अर्पण गरेका थिए । सिद्धि–सेतुली स्मृति पुरस्कारबाट पुरस्कृत गुरुङ स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका हुन् । स्नातकसम्म अध्ययन गरेकी… पुरा पढौ

संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ । संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक… पुरा पढौ

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०,… पुरा पढौ