समाचार

पोखराको विश्व शान्ति स्तुपा क्षेत्रका होटल, रेष्टुरेण्ट राती ९ बजेसम्म खुल्न थाले

पोखरा, माघ ६ पोखराको पर्यटकीय गन्तव्य मध्येको एक विश्व शान्ति स्तुपा क्षेत्रका होटल रेष्टुरेण्ट राती ९ बजेसम्म खुल्न थालेका छन् । पोखरा–२२ पुम्दीभुम्दीस्थित शान्ति स्तुपा (बौद्ध गुम्बा) क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु अबदेखि राती ९ बजेसम्म खुल्न थालेका हुन् । पोखराबाट नजिकै भएपनि यसअघि त्यस क्षेत्रका होटल, रेष्टुरेण्टहरु साँझ नपर्दै बन्द हुने गरेका थिए । सुरक्षा व्यवस्था नहुँदा व्यवसायीले होटल, रेष्टुरेण्ट यसअघि खोल्ने वातावरण नबन्दा खोल्न चाहेरपनि साँझ ६ नबज्दै बन्द गर्नुपर्ने बाध्यता रहेको स्थानिय व्यवसायी राजु क्षेत्रीले बताए । पोखराको… पुरा पढौ

अन्नपूर्ण सीतापोखरीका विद्यार्थीलाई लायन्सको न्यानो कपडा

पोखरा । लायन्स क्लब अफ पोखरा दर्पणले कास्कीको मादी गाउँपालिका ११ वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिका वडा नं. ११ का अध्यक्ष चलचित्र गुरुङ,क्लबका अध्यक्ष लायन विश्व पौडेल,लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका जोन ३६ का जोनचेयर पर्सन लायन महेन्द्र पौडेलले स्वीटर, टोपी र ट्रयाक सुट वितरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्याथीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त… पुरा पढौ

बाँझै राखिएको बारी जोतेर १६ मुरी कोदो उत्पादन

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताए। उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन… पुरा पढौ

काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ । सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले देश र जनता नै काँग्रेसको प्राथमिकता भएको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा सदस्य दुर्गा के.सी, नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमिति सभापति तिलक… पुरा पढौ

सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब… पुरा पढौ

देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस

दमौली । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन । देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ । देवघाट–३ बाटक,… पुरा पढौ

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

गलकोट । पाँच वर्षअघि बागलुङ बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ । रु १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन्। उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी… पुरा पढौ

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा ९रिम०का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब… पुरा पढौ

सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

गलकोट । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा… पुरा पढौ

पर्वतका दुई सामुदायिक क्याम्पस ‘मर्ज’

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत… पुरा पढौ