सिद्धि–सेतुली र सानिमा स्मृति पुरस्कारबाट गुरुङ र देवकोटा पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८१ मा प्रकाशित




पोखरा, माघ ७

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले सोमबार दुई पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानले स्थापना गरेको सिद्धि–सेतुली स्मृति पुरस्कारबाट समाजसेवी तथा महिला उद्यमी सीता गुरुङ र सानिमा स्मृति पुरस्कारबाट समाजसेवी तथा अधिकारकर्मी जौमाया देवकोटालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी, अभियन्ता तथा महिला उद्यमी राधादेवी बास्तोला, प्रतिष्ठानका संरक्षक विश्वरत्न शाक्य, बरिष्ठ पत्रकार नारायण कार्की, प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार अर्पण गरेका थिए ।

सिद्धि–सेतुली स्मृति पुरस्कारबाट पुरस्कृत गुरुङ स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका हुन् । स्नातकसम्म अध्ययन गरेकी उनी हाल कास्की पोखरा हस्तकला संघ, तमु ह्यूल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद र समावेशी बचत तथा ऋण सहकारीको नेतृत्वमा छिन् । उनले बाल श्रम न्यूनिकरण, रेयुकाई, सामुदायिक सेवा केन्द्र, एड्स रोग नियन्त्रण संघ, महिला उद्यमी संघ, कास्की, पोखरा उद्योग वाणिज्य संघ, लागु पदार्थ नियन्त्रण समाज सुधार आमा समूहलगायतका संस्थाहरुमा बसेर काम गरिसकेकी छन् ।

सानिमा स्मृति पुरस्कारबाट पुरस्कृत देवकोटा अपाङ्गता भएकी महिला हुन् । उनले लैंगिक अधिकार, महिला सशक्तिकरण, एचआईभी एड्स, अपाङ्गताको हक अधिकारका क्षेत्रमा योगदान गरेकी छन् ।

प्रतिष्ठानका संस्थापक संरक्षक विश्व शाक्यले आमा सेतुलीमाया र सानिमाको वार्षिक पून्य तिथिको सन्दर्भ पारेर दुबै व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै पुरस्कृत गरिएको जानकारी दिए ।

प्रतिष्ठानसँग आवद्द जुमबहादुर गुरुङ (८९), दीपकलाल बाटाजू (८१), हनिफ मिया (८३), युवराज श्रेष्ठ (८३), कुलामान बुद्धाचार्य (८२), लोकप्रसाद गुरुङ्ग (८२), राधादेवी बाँस्तोला (८१) लाई न्येष्ठ नागरिक सम्मान र प्रमिला तझ्या, लोकदर्शन कोइराला, सतकुमारी शेरचन, लक्ष्मी पहारी, विकास पालिखे, संगीता वज्राचार्य, दुर्गा थापा केसी, विनोद शाक्य, रविना पराजुलीलाई आजीवन सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा दुर्गा थापा केसीलाई सहयोगी संरक्षक सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्ब अध्यक्ष कृष्णप्रसाद बांस्तोला, संस्थापक सदसॅय बरिष्ठ कलाकार लोकप्रसाद गुरुड. र पूर्ब सम्मानिक ब्यक्तित्व डा. यज्ञमान शाक्य लग्यतले शुभकामना मन्तब्य राखेका थिए ।

यसअघि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा रहेको छनौट समितिले गरेको सिफारिसका आधारमा प्रतिष्ठानले सम्मान गरेको उनले बताए । कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोजक कार्कीले सम्मानित व्यक्तित्वहरूको परिचय, उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिब इन्द्रकमल मानन्धरले कारियक्रमको संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।