स्याङ्जा । प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौँ अधिवेसन तथा साधारणसभा सम्पन्न भएको छ । आईतबार पुतलीबजार स्थित सेतो गुराँसको सभाहलमा भएको अधिवेशनले खेमप्रसाद खनाल (केपी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले सेन्टर स्याङ्जा शाखाको उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियारलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा उदयराज भण्डारी, कृति लम्साल, तुलसी पोख्रेल, शेर बहादुर थापा र इशिका गहतराज चयन भएका छन् । सेन्टरका अनुसार…
पुरा पढौ