समाचार

लेखनाथको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वा पुननिर्माण

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीक स्थीत सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वाको पुननिर्माण गरिएको छ । वि स २०३९ सालमा स्थानिय समाजसेवी सुवेदार मेजर हनरी क्याप्टेन स्व. तिर्थ वहादुर गुरुङको नेतृत्वमा करिव पाँच रोपनी क्षेत्रफल भित्र स्थापना गरिएको गुम्वा वि स २०७२ सालको भुकम्पले जिर्ण भएपछि उत्त गुम्वालाई आधुनिक तरिकाले कलात्मक रुपमा पुननिर्माण गरि आईवार एक विशेष समारोहका विच उद्घाटन गरिएको हो । वि स २०७१ साल देखि उत्त गुम्वाको… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश

पुस २८ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो । प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ । “काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ… पुरा पढौ

हाइकर्स क्लब नेपालको वार्षिक साधारण सभा सम्पन्न

पुस २८ पोखरा । हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको… पुरा पढौ

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

पुस २८ पोखरा । पोखरा उद्योग वाणिज्य संघले तथा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरिएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे । उद्घाट्नको क्रममा बोल्दै उनले व्यवसाय गर्नु भनेको नाफाको सपनामात्र नभएर सम्भावित नोक्सान सहनुसमेत भएको बताउँदै लगानी गर्नेलाई राज्यबाट विशेष सुविधा दिनुपर्ने बताए । ‘लगानी गर्दा घाटा पनि हुनसक्छ ।… पुरा पढौ

कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिसस कास्कीको छलफल

पुस २८ पोखरा । कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरे । पौडेलले मानव अधिकार सम्बन्धि पाँचौं राष्ट्रिय कार्ययोजना र अबका बाकी दायित्वका सन्दर्भमा प्रकाश पारे । उनले मानव अधिकार कानुन र ऐन नियम र कानुनको कडाइका साथ कार्यान्वयनको विकल्प नभएको भन्दै कास्की जिल्ला मानव अधिकारमैत्री जिल्ला बनाउन सबैको सामुहिक प्रयास जरुरी भएको बताए ।… पुरा पढौ

जनप्रियमा विएमटिएम स्पोर्ट मिट सुरु

पुस २८ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ । स्पोर्ट मिटको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले नेपालमै पहिलो पटक स्वायत्त कार्यक्रम अन्तर्गत पर्यटन शिक्षा सञ्चालन गरेको दावी गर्दै खेलकुद र पढाइसँगसँगै लैजादा विद्यार्थीको सर्वाङ्गीण विकास हुने कुरामा जोड दिए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीका हरेक समस्यामा क्याम्पसले आवश्यक सहयोग गरी अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद पूर्वाधारमा थप लगानी… पुरा पढौ

सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा सभामुख घिमिरेको जोड

पुस २८ काठमाण्डौं । सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उनले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । प्रत्येक तीन÷तीन महिनामा सार्वजजिक निकायले सरोकार भएका सबै सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने तथा कार्यालयमा रहेका सूचना प्रवाह… पुरा पढौ

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् । मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो । यहाँका… पुरा पढौ

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

पुस २८ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भने । “मुद्दाको सफलताको प्रतिशत बढाउने… पुरा पढौ

इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

पुस २८ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँैं, ललितपुरलगायतका… पुरा पढौ