समाचार

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए । आज बिहान… पुरा पढौ

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो । पोखराका दुई प्रमुख हल क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् ।पोखरा ट्रेडमलमा रहेको क्युएफएक्स सिनेमाजमा पहिलो दिन १ हजार २… पुरा पढौ

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए । “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने। संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको… पुरा पढौ

शिक्षा र स्वास्थ्यका लागि ओलम्पिक मूल्य तथा सामुदायिक दौडबारे अन्तरक्रिया

पोखरा,भदौ २६शिक्षा र स्वास्थ्यका लागि ओलम्पिक मूल्य तथा सामुदायिक दौडसम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।नेपाल भूतपूर्व खेलाडी मञ्च र नेसनल ओलम्पिक एकेडेमी नेपालको संयुक्त आयोजनामा शुक्रवार पोखरामा उक्त अन्तरक्रिया गरिएको हो ।नेसनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले कार्यक्रममा प्रस्तु्तिकरण राख्दै ओलम्पिकका मूल्यमान्यता र अभियान तथा नेसनल एकेडेमीको बारे जानकारी गराए ।गुरुङले ओलम्पिक शिक्षालाई विद्यालय तहसम्म पु¥याउन आवश्यक रहेको बताउँदै त्यसका लागि एकेडेमीले तयारी गरिरहेको र पाइलट प्रोजेक्टको रुपमा २५ बिद्यालयबाट काम शुरु गरिने जानकारी दिए। उनले खेलकुदमार्फत… पुरा पढौ

पोखरामा भोलि ५ कम्युनिष्ट घटकका नेताहरु एउटै मञ्चमा उभिदै

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा उभिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले कास्कीमा रहेका ५ कम्युनिष्ट घटकका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको हो । ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुलाई एउटै मञ्चमा उतार्न लागेको आयोजक पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतीवडाले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने

पोखरा, भदौ २६ डागर स्मृति पुरस्कार–२०८३ युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको छ । समाजसेवी तथा पुस्तक व्यवसायी राजन प्रासर (डागर)को स्मृतिमा स्थापित सो पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको हो । संस्थाका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सर्वसम्मत रुपमा पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । २० हजार नगद राशिसहितको पुरस्कार राजन प्रासर डागरको २५ औं स्मृतिको दिन यहि भदौ ३१ गते ऋषिपञ्चमीको दिन अर्पण गरिने प्रतिष्ठानकी संस्थापक… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा प्रायोजकबाट बढ्दा टिकटबाट हुने आम्दानी घट्दो

सन्देश श्रेष्ठपोखरा, भदौ २६ सहारा क्लव पोखराले गत वर्ष आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपबाट ३ लाख रुपैयाँ बचत गरेको छ । क्लवले गत माघमा आयोजना गरेको २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट ३ लाख २१ हजार ८ सय ३९ रुपैयाँ बचत गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । सहाराले प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ आम्दानी भई १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको जनाएको… पुरा पढौ

पोखरामा थप पाँच शवको जमिनमुनि व्यवस्थापन

भोटेकोशी त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका १६, जौवारीस्थित गारतरोको वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । एक्काइस शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा मौलिक तीज गीत तथा राइम्स प्रतियोगिता सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीज पर्वको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षा तथा समूहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।चार तहमा गरी बिभिन्न २५ वटा समुहले मौलिक तीज गीत प्रस्तुत गरेको अतिरिक्त क्रियाकलाप बिभागका संयोजक राजु बयलकोटीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले आफैँ गीत गाउने र आफैँले बाद्यबादनको संयोजन समेत गरेका थिए । आजै भएको राइम्स प्रतियोगितामा कक्षा एल.के.जी. प्रथम, आधारभूत जुनियरमा कक्षा १… पुरा पढौ

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन २०५२ ले औँल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको… पुरा पढौ