समाचार

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको सभा सम्पन्न

पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले देशभर छरिएर रहेका पौडेल समुदायबिच एकता र आपसी समन्वय आवश्यक रहेको बताएका छन् । उनले महासंघको सक्रियतामा देशभरका प्रदेश, जिल्ला र पालिकामा संगठन विस्तार भएको र यसले वंशावली निर्माणका लागि समिति नै गठन गरी काम अगाडी बढाएको स्पष्ट पारे । पौडेल वंशावली लेखन समितिका संयोजक प्रा.डा कृष्ण प्रसाद पौडेलले यस समुदायको ऐतिहासिक पहिचान रहेको बताउँदै, वंशावली निर्माणको कामलाई… पुरा पढौ

बाढीले गोरखाको मनास्लु पदमार्ग अवरुद्ध

बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए । “यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।… पुरा पढौ

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ । हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ । सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग तयार हुन समय… पुरा पढौ

टेनिसमा अर्को इतिहाँस रच्दै पोखरेली टेनिस स्टार अभिषेक बाँस्तोला

पोखरेली टेनिस स्टार खेलाडी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहाँस रच्दैछन् । उनी एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । यो प्रतियोगिता खेल्न अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वल्र्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ । वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध खेल्नेछन् ।कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउन नेपाली टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताए… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार… पुरा पढौ

बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, पर्यटक आवागमन प्रभावित

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पा¥यो”, उनले भने, “गाउँबाट तल जाने… पुरा पढौ

युआरएलको सित्तैमा मधुमेह र टिजी जाँच, १२० जना लाभान्वित

पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेह जाँच सित्तैमा गरिएको छ ।सयपत्री बचत तथा ऋण सहकारी पोखरा–८ को १६ औँ साधारणसभामा भएको शिविरमा एक सय २० जनाको सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा डा पेट तथा कलेज रोग विशेषज्ञ डा शंकर बराल आन्द्राको क्यान्सर, ग्याष्ट्रिक र यसबाट आउन सक्ने समस्या र कलेजोका रोगहरुबारे प्रकाश पारे । उनले भने, ‘कलेजो ९०सम्म बिग्रिदा… पुरा पढौ

कर्मफ्लाइट्स फाउण्डेसनद्वारा अधिकारकर्मी तथा पत्रकार पन्थी सम्मानित

कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै संस्थाले अधिकारकर्मी तथा पत्रकार मधु पन्थीलाई सम्मान गरेको छ । विगत साढे दुई दशकभन्दा लामो समयदेखि मानवअधिकार, पत्रकारिता, सञ्चार र सामाजिक अभियानका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पन्थीलाई संस्थाले सममान गरेको हो । पन्थीले विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँग मानवअधिकार र सामाजिक क्षेत्रमा कलमका माध्यमबाट सूचना र समाचार जनसमक्ष प्रस्तुत गर्दै आएका छन् । यसअघि लामो समय ९२०५६ सालदेखि २०८१ सालसम्म० अनौपचारिक क्षेत्र… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पराजुलीलाई

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले संचालन गर्दै आएको सो पुरस्कार छनोट समितिको सिफारिसमा उनलाई प्रदान गरिने निर्णय भएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।प्रतिभा छनोट समिति संयोजकमा क्लबका मानार्थ सदस्य नारायण कार्की थिए । सदस्यमा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लब अध्यक्ष केशवबहादुर… पुरा पढौ

सन्तानेश्वरमा जारी महायज्ञमा हालसम्म सवा करोड संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा चार दिनमै १ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबारमात्रै २० लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ प्राप्त भएपछि तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। चौथो दिन २० लाख ५० हजार थपिएपछि कुल रकम १… पुरा पढौ