समाचार

सहारा विद्यालयमा नेवा: मिसा पुच: द्वारा प्राथमिक उपचार अक्षयकोष स्थापना

पोखरा । पोखरा -०९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेवा: मिसा पुच:  पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण कार्यक्रम गरेको छ । सोहि क्रममा विद्यालयका ६० जना छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई सम्वन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन भएको थियो  । संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई चेक मार्फत रु.पच्चिस हजार रुपैया रकम हस्तान्तरण गरेका थिइन् । नेवा: मिसा पुच:  पृथ्वीचोकका सचिव नविना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा रजकले गरेकी थिइन् । संस्थाको अध्यक्ष लक्ष्मी… पुरा पढौ

इक्यान कास्कीद्धारा ईम्वारीङ एजुकेशन प्रोफेशनल्स् कार्यक्रम

पोखरा । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीले सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उदेश्य सहीत एक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनको सहकार्यमा इक्यानले ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चर्चिल इन्स्टिच्युटका रिजनल मार्केटिङग डिरेक्टर विजय शर्माले कलेजको वारेमा जानकारी गराएका थिए । शर्माले वर्तमान समयमा अष्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अध्ययन गराउने विषय र भर्ना प्रकृयाको वारेमा जानकारी गराएका थिए । चर्चिल इन्स्टिच्युट अष्ट्रेलियाको सिड्नीमा रहेर ब्याचलर लेभलका विभिन्न मेजर विषयमा… पुरा पढौ

कुरेचौरमा प्लाष्टिक मुक्त वातावरण एवम् जनचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा १६ मा रहेको पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण एवम् सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ। स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले डष्टविनमा फोहर सङ्कलन गरेर सफाइ अभियानको शुभारम्भ गरेको सो अवसरमा सफाइ अभियानलाई साथ दिदै गाउँदेखि मुल सडक, डाँडाका चौतारोसम्म सरसफाई गरिएको थियो । सरसफाई पछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले घर, छिमेक र गाउँको वातावरण सफा गर्न सम्पूर्ण गाउँबासी र यस क्षेत्रका नागरिक… पुरा पढौ

भगवती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी तथा नगद वितरण

पुस २३ पोखरा । कास्कीको अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माध्यमिक विद्यालयमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रष्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्रष्टका अध्यक्ष रामबहादुर गुरुङले विद्यार्थीमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि विगत १० वर्ष देखि बर्सेनि यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा नगद पुरस्कार प्रदान गर्दै आएको बताए ।… पुरा पढौ

हराउँदै गयो गुन्द्री बुन्ने चलन

वालिङ । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की… पुरा पढौ

सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताए । सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण… पुरा पढौ

तीन दिनयता सुनको मूल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा तीन दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । पुरा पढौ

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ । गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता… पुरा पढौ

लमजुङमा ४ सय मेट्रिकटन सुन्तला उत्पादन

चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरे ।… पुरा पढौ

प्रधानमन्त्रीद्वारा भूकम्पबाट सुरक्षित रहन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो । रासस पुरा पढौ