समाचार

समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३७६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो । कविताको अघोषि पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा परिवारका संस्थापक सचिव अग्रज साहित्यकार सरुभक्तले कविता लेखनमा लगातारको मेहनत, ध्यान र अध्ययनको आवश्यकता हुने बताए । जलवायु परिवर्तनको असरले कुमारी माछापुच्छ«े हिमालमा हिउँ नपरेपछि कवि हृदयले कालो देखिए पनि सेतो देखिए पनि माछापुच्छ«े राम्रो देखेकाछन् । परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

पुष ६ पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् । समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् । त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता… पुरा पढौ

दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

पुष ६ पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २०८०/०८१ सम्म शेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४ करोड ३६ लाख १ हजार ७ सय ९२ रुपैया र ऋण लगानी ५ करोड ६९ लाख ९५ हजार ४ सय २७ रुपैया रहेको छ । कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठी, लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीलेले… पुरा पढौ

माछा पालनमा जोडिदै गुँदे मत्स्य सहकारी

पुस ६ पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा स्थित गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने गरि माछा पालनलाई अगाडी वढाउने भएको छ । सहकारीको शनिबार सम्पन्न पाचौं वार्षिक साधारण सभाका बक्ताहरुले वडा भित्र रहेका तीन वटा तालको उचित रुपमा संरक्षण गर्दै यस क्षेत्रको पर्यटन विकास संगसंगै आय आर्जनका लागि स्थानिय निकाय र समुदायको सहकार्यमा माछा पालनलाई अगाडी बढाउन पर्ने सुझाव राखेका हुन् । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा… पुरा पढौ

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

पुस ६ काठमाण्डौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त… पुरा पढौ

एनपीएल विजेता जनकपुर बोल्टसलाई प्रधानमन्त्री ओलीको बधाई

पुस ६ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । “आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन् । आज भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । जनकपुरले प्रतियोगितामा ट्रफीसहित एक करोड १०… पुरा पढौ

पहिलो पटक फ्रान्समा नेवाः गुठी फ्रान्स गठन

फान्स । फ्रान्समा पहिलो पटक नेवाःगुठी फ्रान्सको गठन गरिएको छ । शुक्रबार फ्रान्समा भएको भेलाले दीपक महर्जनको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । नेवाः समुदायको भेष–भुषा, पहिचान र संस्कृतिलाई बचाउँदै सामाजिक कार्यहरुमा अग्रसर हुने गरि गठन गरिएको गुठीको उपाध्यक्षमा रविराज श्रेष्ठ, महासचिवमा मीन श्रेष्ठ, कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह–कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरूमा रन्जीत श्रेष्ठ, कमल श्रेष्ठ, निता डंगोल, सोनिया श्रेष्ठ, श्रीराम श्रेष्ठ र रन्जन खोटेजा छन । यस्तै भेलाले ९… पुरा पढौ

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

पुस ६ काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी… पुरा पढौ

विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रुपमा गर्नुपर्ने र यसप्रकारको ज्ञानलाई विद्यालय र… पुरा पढौ

जाडोमा यसरी गरौँ छालाको स्याहार

पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ । निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । “हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने… पुरा पढौ