समाचार

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

पुस १९ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी बृद्धबृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामासंंगै फोटो खिचाउनेदेखि टिकटक बनाउनेसम्मको… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने

पोखरा, पुस १९ पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले शुक्रबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने सहमति भएको हो । यसअघि महानगर परीक्षा समितिको दुई हप्ताअघि बसेको बैठकले कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने निर्णय गरेको थियो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको संयोजकत्वमा रहेको समितिले गरेको सो निर्णयलाई शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले अनुमोदन गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी… पुरा पढौ

विजयको ‘दायाँ पनि छौं,बायाँ पनि छौं’

पोखरा । लोक तथा दोहोरी गायक विजय केसीको नयाँ लोक गीत ‘दायाँ पनि छौं बायाँपनि छौं’ सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को छेको पारेर केसीले नयाँ लोक गीत सार्वजनिक गरेका हुन् । आफ्नै यूट्यूव च्यानल ‘विजय केसी अफिसियल’ मार्फत सार्वजनिक गीतले दर्शक श्रोताको राम्रो साथ पाइरहेको गायक केसीले बताए । रमेश परियारको शब्द, लय रहेको गीतमा गायक केसीलाई शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन् । प्रेमिल जोडीले आफ्ना प्रेमी–प्रेमिकासँग गर्ने वार्तालापलाई निकै रोमाञ्चक शैलीमा तयार पारिएको… पुरा पढौ

सुनको मूल्य तोलामै दुई हजारले बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।… पुरा पढौ

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले भने, “बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।” उनले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा… पुरा पढौ

कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता

गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ । कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोइकाले उक्त परियोजनाअन्तर्गत ९० लाख अमेरिकी डलर सहयोग गर्ने छ । उक्त परियोजना सन् २०३० सम्म अर्थात् पाँच वर्ष चल्ने छ । सम्झौतामा हस्ताक्षरपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री… पुरा पढौ

महोत्सवले पर्यटन र स्थानिय उत्पादनलाई वढवा दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

पुस १८ पोखरा । कास्कीको लेखनाथमा विहिवार देखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गरे । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ शुरु महोत्सवमा राखिएको भगवान गौतम बुद्धको मुर्ति अगाडी विश्व शान्तिको कामना गर्दै राखिएको दिप प्रज्वल गर्दै मुख्यमन्त्री पाण्डेले मेला महोत्सवलाई पर्यटन र स्थानिय उत्पादनसँग जोड्नुपर्ने बताए । उनले स्थानिय… पुरा पढौ

एमाले सचिवालय बैठक : राजनीतिक प्रतिवेदन पारित

पुस १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ ।बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उनले बताए । “नयाँ… पुरा पढौ

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

पुस १८ काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गरेका छन् । नेपालका लागि इजरायलका राजदुत स्मुलिकबाससँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलवीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दे दुई मूलूकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे । नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सृजना… पुरा पढौ

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

पुस १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिए । रासस पुरा पढौ