समाचार

पृथ्वी यातायात सहकारीको विद्यार्थीलाई सहयोग

पोखरा । पृथ्वी यातायात सहकारी संस्थाले तेस्रो वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा सहित विद्यालय हातामा सरसफाई गरेको छ । संस्थाले कास्कीको अन्नपूर्ण गाउँपालिका सल्यानस्थित बराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्याना कपडा र स्टेश्नरी सहित विद्यालय वरपर सफाई गरेको संस्थाका प्रबन्धक सपना रेग्मीले जानकारी दिइन् । पृथ्वी राजमार्ग बस समितिमा आवद्ध यातायात व्यवसायीहरुको हकहित सहित आर्थिक सहभागिताका लागि शुरु गरीएको संस्थामा यातायात व्यवसायीहरु आवद्ध छन् । कार्यक्रममा पोशाक वितरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले सहकारी कारोबार, सदस्य सेवा सङ्गै संस्थाले… पुरा पढौ

‘मलाई गरिएको कारबाही विधानसम्मत छैन ’ : नेता डा रावल

पुस १७ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” एमाले सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा… पुरा पढौ

सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउनुपर्छ : प्रवक्ता गुरूङ

पुस १७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन सरकारले अभियान नै सुरू गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सङ्घ र प्रदेशमा राष्ट्रिय रूपमा ¥याली गर्ने, गलत तरिकाले सङ्कलन गर्ने कालो धनविरूद्ध जनतामा सचेना फैल्याउनेलगायत अभियान सुरू… पुरा पढौ

एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा विमानस्थलमा आकस्मिक बैठक

पुस १७ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग छलफल गरेका छन् । उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गरेका हुन् । अहिले मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ । मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीलाई नागरिकमाझ थप… पुरा पढौ

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

पुस १७ काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताइन् । उनले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन् । “सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ ।… पुरा पढौ

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड

पुस १७ चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रा डा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् । उनले भने “जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको… पुरा पढौ

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पुस १७ पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्वय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका… पुरा पढौ

जनता सहकारीमा ५८ यूनिट रगत संकलन

पुस १७ पोखरा । जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५८ यूनिट रगत संकलन भएको छ । पोखरा–२९ र ३० मा रहेको संस्थाले १३ औं वार्षिकोत्सवको अवसरमा आज भएको रक्तदानमा ५८ यूनिट रगत संकलन गरिएको हो । सामाजिक उत्तर दायित्व अन्र्तगत सहकारीले वार्षिक कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ३० का वडाध्यक्ष दुर्गा सुवेदीले पहिलो रक्तदाता दयाराज भण्डारीलाई बल्ड ब्याग हस्तान्त्रण गर्दै उद्घाटन गरेका थिए ।… पुरा पढौ

कास्कीका कैदीबन्दीलाई निःशूल्क जाँच र औषधी वितरण

पुस १७ पोखरा । कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार निःशूल्क जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको… पुरा पढौ

सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो

पुस १७ पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित वन उद्यम, विकास पर्यापर्यटन विषय अन्तरकृया कार्यक्रममा बोल्दै उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक बर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताए । “हिँउदको मौसममा वन क्षेत्र सुक्का हुने र पात पतिङगरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो” उनले भने,… पुरा पढौ