समाचार

पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा… पुरा पढौ

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : सभापति देउवा

मंसिर १२ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए । सभापति देउवाले भने, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ… पुरा पढौ

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

मंसिर १२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । मन्त्री ताभियोले नेपालको जलविद्युत्, फोहरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका… पुरा पढौ

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव

मंसिर १२ पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच आज सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा आयोजित कार्यक्रमको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले उद्घाटन गरे । कार्यक्रममा भागवत् भाष्कर गौतमले गुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताउँदै त्यसतर्फ लाग्नुु जरुरी भएको बताए । पोखरामा हाल नौवटा गुरुकुल… पुरा पढौ

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट

मंसिर १२ काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल… पुरा पढौ

संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य बनाउँछ : मन्त्री थापा

मंसिर १२ पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् । पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधवार उद्घाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रवार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपुर्ण हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

सामाजिक सञ्जाल र अनलाईन मिडियामा अराजकता रहेकाले नियमनको तयारी भइरहेको छ : मन्त्री गुरुङ

पोखरा, मंसिर १२ सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका छन् । रेडियो नेपालको आयोजनामा पोखरामा बुधबार आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले टिकटकलगायतका सामाजिक सञ्जालका कारण समाजमा अराजकता बढेको बताएका हुन् । दुर्गा प्रसाईंजस्ताको अभियानपनि त्यहि सामाजिक सञ्जालभित्रै रहेको बताउँदै उनले भने,‘यसले जताततै अराजकता फैलाएको छ । अहिले त शब्द÷शब्द, वाक्य÷वाक्यमा यति धेरै अराजकता बढेको छ कि भनिसाध्य छैन ।’… पुरा पढौ

१७ औं हिसान स्पोर्टस मिट : बास्केटबल छात्रातर्फ प्रतिभा पहिलो स्थानमा, अन्य खेल जारी

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ । मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो । पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेकोे हिसान कास्कीका सचिब किरण सापकोटाले… पुरा पढौ

आईसिसी प्रतिनिधिलाई पोखरा क्रिकेट रंगशालामा पूर्वाधार निर्माण गरिदिने प्रदेश र महानगरको आश्वासन

पोखरा, मंसिर १२ विश्व क्रिकेटको सर्वोच्च निकाय अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) टोलीले पोखरा क्रिकेट रंगशालाको अवलोकन गरेको छ । महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तिमा दुई वटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिभूवन विश्वविद्यालय (टियू) मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ । जसको सम्भाव्यता अध्ययनका लागि आएको आईसिसीको टोलीले रंगशालाको अवलोकन गरेर त्यसका सरोकारवालाहरुसँग छलफलसमेत गरेको हो । आईसिसीका सिनियर म्यानेजर रोहित पोदार, एसिया डेभलपमेन्ट म्यानेजर ईम्यानुयल… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा होटल संघ पोखरा नेपाल र इन्स्योर

पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा संघ अन्तर्गतका… पुरा पढौ