समाचार

पोउवा संघको सामाजिक विकास केन्द्रले मनायो बाल दिवस

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ । प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु दोस्रो हुँदा नयाँबस्ती सिकाइ केन्द्रले तेस्रो र प्रगतिटोल सिकाइ केन्द्रले सान्त्वना स्थान प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाको सहयोगमा श्रमिक तथा न्यूनआय भएका परिवारका बालबालिका एवं श्रममा रहेका बालबालिकाको हितमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । केन्द्रले पोखराका विभिन्न क्षेत्रमा बालबालिकाको… पुरा पढौ

भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना, चार विधामा पुरस्कार दिईने

पोखरा । भीरकोट–पोखरा सामीप्य सदनले भीरकोट–पोखरा सामीप्य सदन मुना–कृष्ण अक्षयकोष स्थापना गरेको छ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थायी घर भई हाल पोखरा–१७ विरौटा निवासी नेपाल सरकारका विशेष प्रहरी विभागका निवृत्त कायममुकायम प्रमुख कृष्णप्रसाद शर्मा रेग्मीले आफ्नी दिवंगत श्रीमती मुना शर्मा रेग्मीको स्मृतिमा ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । भीरकोट–पोखरा सामीप्य सदनले सञ्चालन गर्नेगरी अक्षयकोष स्थापना गरिएको सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले जानकारी दिए । उक्त अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजबाट सदनले वार्षिक रुपमा चार जना फरक÷फरक क्षेत्रका विशिष्ट… पुरा पढौ

डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी

डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको छ । डेंगीको हटस्पट बनेको कास्कीमा डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको हो । विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई खोज र नष्ट गर ‘सर्च एण्ड डिष्ट्रोय’ मा परिचालन गर्दा डेंगी नियन्त्रणमा सघाउ पुगेको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सरोकारवालासँग आयोजना गरेको समन्वायत्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई डेंगी लामखुट्टे ‘खोज र नष्ट गर’ अभियानमा सरिक गर्दा त्यसको प्रभाव घरसम्म पुगेको नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल… पुरा पढौ

सैनिक आवासीय महाविद्यालयमा पब्लिक स्पिकिङ एण्ड प्रेजेन्टेसन अभिमुखीकरण आयोजना

पोखरा । सैनिक आवासीय महाविद्यालय पोखरामा बिबिए प्रथम सेमेस्टरका ६० विद्यार्थीहरूको लागि “पब्लिक स्पिकिङ एण्ड प्रेजेन्टेसन” विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। एभरेस्ट मिडिया हाउसका संचारकर्मि दीपेन्द्र श्रेष्ठको सहजकिरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको सार्वजनिक बोल्ने क्षमता अभिवृद्धि गर्दै उनीहरूको शैक्षिक तथा व्यावसायिक जीवनमा महत्त्वपूर्ण प्रस्तुतिकरण सीपको विकास गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा सहजकर्ता श्रेष्ठले पब्लिक स्पिकिङ र प्रेजेन्टेसनका महत्त्वपूर्ण पक्षहरूबारे जानकारी दिए । उनले आत्मविश्वास अभिवृद्धि गर्ने विधि, भाषणको तयारी गर्ने तरिका, र श्रोतालाई आकर्षित गर्ने प्रभावकारी भाषण कला उपायहरूबारे… पुरा पढौ

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन। सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावको उपस्थिति थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान… पुरा पढौ

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, “ड्रेसकोडको पालना भए-नभएको परिषद्बाट… पुरा पढौ

लेकबाट बेँसी झर्न थाले भेडाका बथान

चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन् । ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक,… पुरा पढौ

देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक –दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी,आज राति देशका पहाडी क्षेत्रमा आंशिक… पुरा पढौ

बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो । बालबालिकाको… पुरा पढौ

करमा छलकपट गर्नेलाई बढी दण्ड : प्रमुख कर अधिकृत शर्मा

पोखरा, ५ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ,‘उनले भने,‘व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले जरिवाना, शुल्क,दस्तुर, ब्याजमा बढी नै रकम तोकेको छ ।’ प्रमुख कर अधिकृत शर्मा कर सप्ताहअन्तर्गत पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कर… पुरा पढौ