समाचार

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला स्तरीय अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको जस… पुरा पढौ

कन्या क्याम्पस पोखराको ३०औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, मंसिर १० – कन्या क्याम्पस पोखराको ३०औं वार्षिक साधारण सभा क्याम्पस सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले क्याम्पसको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।साधारण सभाले क्याम्पसको शैक्षिक, प्रशासनिक, र भौतिक विकासका विषयमा गहन छलफल गर्दै आगामी कार्ययोजनाका प्राथमिकताहरू तय गरेको छ। उपाध्यक्ष कृष्णमोहन श्रेष्ठले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । निवर्तमान अध्यक्ष योगेन्द्र प्रधान, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र बहादुर भारीजु, प्राध्यापक… पुरा पढौ

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो । “क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,– “अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।” स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको… पुरा पढौ

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा… पुरा पढौ

१७औं हिसान कास्की स्पोर्टस मिट मंसिर ११ गते सुरू हुँदै, ४ हजार खेलाडी मैदानमा हुने

पोखरा  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर ११ गते देखि १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका… पुरा पढौ

गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन

पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको… पुरा पढौ

नयाँ धुन र शब्दको संगम : मनमाया सार्वजनिक

पोखरा । पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् । राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् । म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको अभिनय… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा।विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितिय र निश्पक्ष मा।विका अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा।वि की मनिषा बि।क प्रथम, महेन्द्र मा।वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना परियार… पुरा पढौ

अल्फा बोर्डिङमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा । लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलले लामाचौर गोस्ते घाट खेल मैदानमा एक विशेष कार्यक्रमकाबिच शुक्रबारका दिन वार्षिक खेलकुद कार्यक्रम समापन समारोह सम्पन्न गरेको छ । वार्षिक खेलकुद कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले अल्फा बोर्डिङ स्कुलले शैक्षिक कार्यक्रमको साथसाथै खेलकुद क्षेत्रमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै हरेक वर्ष विद्यालयले प्रदेश तथा देशकालागि खेलकुदमा… पुरा पढौ

शिक्षक सङ्गठनको वडा कमिटि गठन, अध्यक्षमा सापकोटा

पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगर समितिले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा नं. १ मा शिक्षक भेला गरी वडा कमिटि गठन गरेको छ । सङ्गठनले एक कार्यक्रमका बिच श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पोखरा महानगरपालिका वडा नं. १ स्थित संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा राष्ट्रिय मावि, रत्न आविका शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न समारोहमा पोमनपा वडा नं. १ का… पुरा पढौ