समाचार

नेपाली परम्परा अनुसार झ्याईंझ्याईं बाजा बजाएर अष्ट्रेलियन दम्पतीले मनाए २५ औं वैवाहिक वर्षगाँठ

पोखरा, कात्तिक ८ अष्ट्रेलियन नागरिक म्याथ्यू कोल शनिबार दौरा, सुरुवाल र ढाका टोपीमा सजिएर बसेका थिए । पोखरा लेकसाईडको जरेवरस्थित शेखर प्यालेसको आँगन ध्वजापताकाले रंगिन बनेको थियो भने गेट विवाह घरझैं सजाइएको थियो । आँगनको एक कुनामा विवाह तथा शुभकार्यमा बजाईने पञ्चेबजा घन्किरहेको थियो भने नर्तकीहरु नचगान गरिरहेका थिए । म्याथ्यू कोलका आफन्त तथा साथीभाई जन्ती जाने चटारोमा थिए । अष्ट्रेलिया, अमेरिका, क्यानडाबाटसमेत आएका पाहुनाहरु नेपाली पहिरनमा सजिएका थिए । पुरुषहरु दौरा, सुरुवाल र ढाकाटोपी तथा महिलाहरु सारी र ब्लाउजमा… पुरा पढौ

‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । आचारसंहिता उल्लङ्घन भए÷गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत… पुरा पढौ

सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताए । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताए । “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भने, “सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।” जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री… पुरा पढौ

सहारा बाल आधारभूत विद्यालयलमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

पोखरा महानगरपालिका वडा नं ९, मा रहेको सहारा बाल आधारभूत विद्यालयलले सोही वडामा रहेका सामुदायिक विद्यालयहरु माझ आधारभूत तह(१-८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको उद्‍घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडामा रहेको विद्यालयहरु विच यस किसिमको कार्यक्रम हुनुले बालबालिकाहरुमा थप अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने धारणा राखे । कार्यक्रमका विशेष अतिथी सहारा क्लब हङ्कङका कार्यसमिति सदस्य कपिल देव गुरुङले यस किसिमको कार्यक्रमले निरन्तरता सधै पाउनुपर्ने धारणा राख्दै कार्यक्रममा सहभागी… पुरा पढौ

कुमुदिनी होम्सद्वारा अन्तर विद्यालय चित्रकला प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रदशी गरेको छ । विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका विभिन्न २९ विद्यालयका ५८ जना विद्यार्थी सहभागि भएका छन् । उनीहरुमा कक्षा ६ देखि ८ सम्म र कक्षा ९ देखि १२ कक्षाका विद्यार्थी सहभागि भएका छन् । विद्यालयले हरेक वर्ष आर्ट कम्पिटिसन गर्दै आएको छ । यसमा निजी, सामुदायिक तथा सरकारी… पुरा पढौ

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो’, उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।’ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा… पुरा पढौ

डलरको भाउ अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै,… पुरा पढौ

सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला

पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा आज सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशिला नेपालीले जानकारी दिए । कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम विहिबार देखि सुरु गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगिताको,उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य माननिय श्री गणेशा गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्थ,सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुदा खेलकुलाई हरेक क्षेत्रले प्राथामिकतामा राख्नु पर्ने लगाएता धारण व्यक्त गरे ।… पुरा पढौ

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस : शैक्षिक सामाग्री तथा न्यानो पोसाक बितरण

पोखरा । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा चिल्ड्रेन नेपालले विद्यालय पढ्न सहयोग गरेका पोखरा महानगरपालिका भित्रका १६ वटा सामुदायिक बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो पोसाक वितरण गरेको छ । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा बालबालिकालाई सामाग्री बितरण गरिएको हो । सोही अवसरमा प्रमुख अतिथि आचार्यले चिल्ड्रेन नेपालले बिगत लामो समय देखि सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गरे । उनले बालबालिकाको शिक्षाको सवालमा सबै संघसंस्थाहरु… पुरा पढौ