समाचार

छठ पर्वका माध्यमबाट एकताको सन्देश प्रवाह हुन्छः गण्डकी प्रदेशप्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताए । छठका अवसरमा आज जारी गरेको शुुभकामना सन्देशमा उनले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवद्र्धन बल पुगेको उल्लेख गरेका छन् । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उनले भने । सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित। फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट… पुरा पढौ

फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल

गण्डकी । जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे। गभारोले यस अघि बाली सखाप नपारेको अनुुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट… पुरा पढौ

अब ‘टिकटक’ पनि आधिकारिक रुपमा सूचिकृत

कार्तिक २१ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था… पुरा पढौ

राष्ट्रपति पौडेलले दिए अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाई

कार्तिक २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् । उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । रासस पुरा पढौ

तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

कार्तिक २१ काठमाण्डौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिए । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल… पुरा पढौ

रुकुमबाट छुटेको बस बाग्लुङमा दुर्घटना, २१ घाइते

कात्तिक २१ बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा हुँदा २१ जना घाइते भएका हुन् । दुर्घटनाका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप… पुरा पढौ

पोखरामा भोलि फेरी अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईटहुँदै

पोखरा, कात्तिक २१ पोखरामा भोलि फेरी अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट हुने भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत अन्र्तराष्ट्रिय उडान नियमित नभइरहेको बेला पुनः चार्टर्ड फ्लाईट हुन लागेको हो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा भोलि चीनको कुनमिङ सहरबाट सिचुआन एयरलाईन्सको जहाज आउने पोखरा अन्र्तराष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ । २०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाइट भइसकेका छन् । भोलि हुने उडान करीब एक वर्षपछि हुने चार्टर्ड उडान हो भने समग्रमा… पुरा पढौ

सराङकोटमा सामुहीक आलु खेती विस्तार

पोखरा । भावना सामुदायिक कृषि सहकारी संस्था द्धारा शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सामुहिक आलु खेती सुरु गरेको छ । स्थापना देखि सहकारीले कृषि आर्यआजन मुलक कार्यहरु सामुहिक धान , गहु ,केराउ , अदुवा , बेसार , सहित मौरी पालन व्यवसाय लाई प्रोत्सान सहयोग गदै आएको संस्थाका प्रवन्धक दिपक थापाले बताए । कृषि ज्ञान केन्द्रको सहयोगमा कृषि उपकरण वितरण र बिउ आलु वितरणको शुभारम्भ गदै पोखरा महानगरपालिका वार्ड नं १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सीनाले कृषि उत्पादन लाई भण्डारण… पुरा पढौ

डेङ्गी सङ्क्रमितको संख्या घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले… पुरा पढौ

आमाको स्मृतिमा वटुकलाई भोजन र अक्षयकोष स्थापना

पोखरा । एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गरेका छन्। आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन्। अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गरे । त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा… पुरा पढौ