समाचार

“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै

पोखरा । नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम… पुरा पढौ

पोखरामा शनिबार अन्र्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने

पोखरा, कात्तिक २२ पोखरामा कात्तिक २४ गते शनिबार अन्र्तराष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा हुने सो प्रतियोगिता तेश्रो संस्करण हो । यसअघि दुई संस्करण सम्पन्न भइसकेको यो प्रतियोगिता अन्तर्गत चार विधामा प्रतिष्पर्धा हुने आयोजक हिमालयन टुरिजम फोरमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिता अन्तर्गत खुल्ला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज ईण्डिभिजुअल दौड, छात्र÷छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार स्पर्धामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ… पुरा पढौ

१३४ यात्रु लिएर आएको सिचुआन एयरलाईन्सको जहाज पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण, पोखरेली उत्साहित

पोखरा, कात्तिक २१ पोखरामा विहीबार फेरी अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत अन्र्तराष्ट्रिय उडान नियमित नभइरहेको बेला सिचुआन एयरलाईन्सले दोश्रो पटक चार्टर्ड फ्लाईट गरेको हो । चीनको कुनमिङ सहरबाट १३४ पर्यटक लिएर आएको सिचुआन एयरलाईन्सको एयर बस ३१९ चार्टर्ड विमान विहीबार अपराह्न २ः४० पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । २०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाइट भइसकेका छन् । सिचुआनको यो पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा… पुरा पढौ

नेरेसो लेखनाथ उप शाखाको रत्तदान

लेखनाथ, २२ कार्तिक । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै नेपाल रेडक्रस सोसाईटी पोखरा–२७ लेखनाथ उप शाखाले राखेको खुल्ला रत्तदानमा ३१ युनिट रगत संकलन भएको छ । रत्तदान जिवन दान जिवन दान महादान भन्ने मुल नाराका साथ आयोजना गरिएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता सुस्मिता खड्कालाई ब्लग ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले रेडक्रसले मानवताको सेवाका लागि गरेको कामलाई समाजको तल्लो तहसम्म पु¥याउदै हरेक मानिसमा सामाजिक भावनाको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।… पुरा पढौ

यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो । कुवेतका लागि कप्तान जिफा… पुरा पढौ

लेखनाथ जेसीजले जेसीज सप्ताह गर्दै

लेखनाथ । ’मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराका साथ लेखनाथ जेसीजले विविध कार्यक्रमका साथ यस वर्षको जेसीज सप्ताह–२०२४ गर्ने भएको छ । हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले यस वर्ष कार्तिक २३ देखि २७ गते सम्म जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गर्न लागेको मुल संयोजक शुशिल ढुङ्गानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २३ गते झण्डोत्तल तथा उद्धघाटन समारोह , दोश्रो दिन… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसका् ३३ औ क्याम्पस सभा सम्पन्न

पोखरा । कालिका बहुमुखी क्याम्पस पोखराको ३३ औ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समतिका अध्यक्ष किरण के सी को अध्यक्षतामा भएको सभामा क्याम्पसका संरक्षक तथा पूर्व क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेम कुमारी के.सीले कालिका एक शिक्षाको ज्योती रहेको र यसको प्रकाश देश विदेश सम्म फैलिएको बताए । उनले ३३ वर्ष गुणस्तरीय शिक्षामा निरन्तरता दिएको क्याम्पस त्तब्ब् को प्रमाणपत्र प्राप्त गरेको र यसको निरन्तरताका लागि क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किारण के.सीले… पुरा पढौ

स्व.नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान

पोखरा । यस वर्षको स्व। नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २÷२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ ।सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ । विहीवार पोखरामा क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह,शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान… पुरा पढौ

पोखरामा मिनी बस दुर्घटनामा दुई जना घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपा नजिकै दुर्घटना हुदा दुईजना घाईते भएका छन् । पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं को मिनी बस दुर्घटना भएको हो । चालकले नियन्त्रण गुमाई बस सडक छेउमा रहेको तिजुको रुखमा अड्किएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाईएको छ । बसमा ७ जना महिला र १७ जना पुरुष गरी २४ जना सवार थिए । पुरा पढौ

व्यास नगरमा प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

दमौली । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक… पुरा पढौ