समाचार

बागलुङका सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

ढोरपाटन । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ । बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नं ३… पुरा पढौ

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ,सम्झौता सकिन एक महिना मात्रै बाँकी

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ । निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दासमेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि बल्ल आधा मात्रै काम भएको आयोजनाले जनाएको छ । बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्र्याक बगाउदा… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो । यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ… पुरा पढौ

दमौलीमा डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो । डेङ्गी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको हो ।”… पुरा पढौ

उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए । “लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उनले भने, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने… पुरा पढौ

दमौली बजारमा सडक विस्तारले गति लिँदै

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली बजारमा डिजाइन सेन्टरबाट २३र२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । पाण्डेले भने, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार… पुरा पढौ

चार स्वयमसेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट

कार्तिक ११ पोखरा । पोखरामा क्रियाशील चार स्वयम्सेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । संयुक्त कार्यक्रम आयोजना गर्ने संस्थामा हाइकर्स क्लब नेपाल, स्वतन्त्र पत्रकार संघ कास्की शाखा, सङ्घर्षमा कलम पोखरा र छोरेपाटन भू.पू. विद्यार्थी मञ्च रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले संघसंस्थाले तयार गरेका नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको दिगोपना वर्तमानका पहिलो चुनौती रहेको धारणा राखे । भण्डारीले विकास तथा निर्माण सन्दर्भमा थपे, “आगोको धर्म पोल्नु,… पुरा पढौ

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

कार्तिक ११ काठमाण्डौं । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । सरकारले हरेक व्यक्तिलाई उपचारका… पुरा पढौ

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

कार्तिक ११ काठमाण्डौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन… पुरा पढौ

एल आई सीको लेखनाथमा रक्तदान

कार्तिक ११ पोखरा । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै पेशागत बिमा अभिकर्ता संघ एल आई सी नेपाल शाखा समिति लेखनाथको आयोजनामा राखिएको आकस्मिक रत्तदानमा २७ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी प्रादेसिक रत्तसंचार केन्द्र पोखराको आग्रह र राखिएको रत्तदानका पहिलो रत्तदाता एल आई सी नेपालका एजेन्सी म्यानेजर बिमल भण्डारीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले जिवन बिमाको क्षेत्रमा काम गर्दै आएको एल आई सी नेपालले सामाजिक उत्तरदाईत्वलाई आत्मसाथ… पुरा पढौ