समाचार

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार,… पुरा पढौ

पोखरामा पटाका बनाउने क्रममा पटाका पड्किएर एक घाईते

१२ कात्तिक, काठमाडौं । पोखरामा पटाका बनाउने क्रममा पटाका पड्किदा एक किशोर घाइते भएका छन् । तिहारमा पड्काउनका लागि पटाका बनाउने क्रममा अचानक पटाका पड्किदा पोखरा महानगरपालिका वडा नम्बर–२१ फुर्सेखोला रोइकेर बस्ने १७ वर्षीय असिम परियार घाईते भएका हुन् । आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी राखेर पटाका बनाउँदै गर्दा पटाका एक्कासी पड्किएको बताइएको छ । पटाका पड्किएर घाईते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको थियो । तर थप उपचार गर्नुपर्ने भएपछि सोमबार साँझ कीर्तिपुर अस्पताल काठमाडौं… पुरा पढौ

एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित

कार्तिक १२ काठमाण्डौं । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन । “भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन्… पुरा पढौ

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न आदेश

कार्तिक १२ काठमाण्डौं । सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिले अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागुन्जेलसम्म निवेदन दाबी बमोजिम विपक्षीहरूबीच निवेदनमा उल्लेखित मिति २०८१ आसोज २५ मा दान लिएको भनिएको… पुरा पढौ

साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

कार्तिक १२ काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रङ्गशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको… पुरा पढौ

११ः३७ बजे भाई टीकाको उत्तम साइत

काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबार बसेको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस)पर्व मनाइन्छ । यमदीपदान भने… पुरा पढौ

एमालेको फासिष्ट शासन ल्याउन सबै प्रयास भइरहेको छ : नेपाल

पोखरा, कात्तिक १२ पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धि अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेको फासिष्ट शासन ल्याउनका लागि सबै कसरत भइरहेको बताएका हुन् । दल विभाजन सम्बन्धि अध्यादेश किन ल्याउन लागिएको हो भन्ने कुरा र सिधा र प्रष्ट छ,उनले भने,‘त्यो अध्यादेश दुई पार्टी व्यवस्थालाई बलियो बनाउन ल्याउन लागिएको हो । तर… पुरा पढौ

विश्व खाद्य दिवसमा कृषक पुरस्कृत

पोखरा, कात्तिक १२ गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसको अवसरमा मन्त्रालयले कृषि ज्ञान केन्द्र कास्कीसँगको सहकार्यमा आयोजना गरेको ‘सचेतनामूलक अन्र्तक्रिया’ कार्यक्रमको अवसरमा कृषकहरुलाई पुरस्कृत गरेको हो । विभिन्न पालिकाबाट छनौट भई प्रदर्शनीका लागि आएका १० कृषक समूहमध्ये माछापुच्छ«े कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रथम, सुनपँदेली कृषि सहकारी संस्था लिमिटेड द्वितीय, आदर्श कृषि सहकारी संस्था लिमिटेड तृतीय र पिपलडाली काफलघारी कृषक समूहले सान्त्वना स्थान… पुरा पढौ

हिमालयले स्थापना दिवस मनायो, संस्थापक सदस्य सम्मानित

पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले २८ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापना भएको क्लवले सचिवालय परिसरमा २८ वटा दिप प्रज्वलन गरी स्थापना दिवस मनाएको सचिव तुलवहादुर वस्नेतले जानकारी दिए । स्थापना दिवसका दिन सोमवार क्लवले अस्वस्थ भई स्वास्थ्य लाभ गरिरहनु भएका संस्थापक सदस्य ज्ञानेन्द्र खड्कालाई सम्मान सहित स्वास्थ्य लाभको कामना समेत गरेको छ । खड्काको निवासमा पुगी संस्थापक अध्यक्ष तीर्थमान तामाङ, निवर्तमान अध्यक्ष सुशील वस्नेत र अध्यक्ष मोहन वहादुर… पुरा पढौ

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत वहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी… पुरा पढौ