समाचार

कालीगण्डकीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतलाई सहज

बलेवा । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको… पुरा पढौ

रविमाथि दुव्र्यवहार भयो भन्नु भ्रामक : कास्की प्रहरी

पोखरा, कात्तिक ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार भयो भनेर भ्रामक खबर फैलाइएको भन्दै कास्की प्रहरीले यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सहकारी ठगी, संगठित अपराध तथा सम्पती शुद्धिकरण सम्बन्धी मुद्धामा कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते म्याद थप गर्न अदालतमा लैजाँदा दुव्र्यवहार भयो भनेर भ्रामक प्रचार गरिएको कास्की प्रहरीले स्पष्ट पारेको हो । कास्की प्रहरीले जारी गरेको सूचनामा भनिएको छ,‘ईजलाशमा आदरार्थी शब्द प्रयोग नगरेको, ईजलाशमा हतियारसहित प्रहरी… पुरा पढौ

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी… पुरा पढौ

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण… पुरा पढौ

आपसी कटुता त्यागेर वाम एकता गर्न गण्डकीका वामपन्थी ज्येष्ठ नागरिकहरुको आह्वान

पोखरा, कार्तिक १२ । गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट आएका वामपन्थी ज्येष्ठ नागरिकहरूको दुई दिने मिलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू, जो नेपालको सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्षमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए, उनीहरूले आफ्नो योगदानलाई स्मरण गर्दै सामूहिक रूपमा विभिन्न प्रस्ताव पारित गरेका छन्। कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले नेपालको कम्युनिष्ट आन्दोलनले पुँजीवादी जनवादी क्रान्ति, गणतन्त्र स्थापनाको यात्रा, र समाजवादको जग बसाल्न खेलेको भूमिकाको स्मरण गर्दै गर्व महशुस गरेका छन्। ११ बुँदे प्रस्तावमा शहीद, वेपत्ता योद्धाहरूप्रति सम्मान,… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ को समापतिमा तिवारी

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–३२, उप–शाखाको पन्ध्र्रौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले आगामी कार्यकालको लागि विन्दुराज तिवारीलाई सभापतिमा चयन गरेका छन् । सर्वसम्वत रुपमा चयन भएको समितिको महिला उप–सभापतिमा विमलाकुमारी थापा बस्नेत, सचिवमा विष्णुवहादुर बस्नेत, कोषाध्यक्षमा कृतीराज खनाल, उप–सचिवमा भक्त बहादुर के.सी., उप–कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, महिला सदस्य देवी तिवारी, सदस्यमा महेन्द्रराज धमला, , प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत चयन भएका हुन् । ११ सदस्यीय पदका लागि भएको निर्वाचनमा समितिको संयोजकमा नेपाल रेडक्रस सोसाइटी जिल्ला उप–सभापति उर्मिला खड्का… पुरा पढौ

घाचोक–पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा तोयनाथ बैरागी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको आज भएको भेलाले घाचोक–पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरेको छ । घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यलेसमाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो । सो भेलाले तोयनाथ लम्साल९वैरागी०को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर… पुरा पढौ

आदर्श सहकारीको १७औं साधारणसभा सम्पन्न

आदर्श बचत तथा ऋण सहकारी संस्था लि.पोखरा - १३ , आर्वाको १७औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।सभाको उद्‌घाटन गर्दै पोखरा महानगर पालिका वडानं १३का वडा अध्यक्ष कीरण बरालले सहकारीले गरेको आर्थिक गतिविधी हेर्दा आफुँ सन्तुष्ट भएको जानकारी दिए । उनले वडानं १३ मा सञ्चालन भएका सबै सहकारीहरु समस्याग्रस्त नरहेको भन्दै सहकारीको निति नियममा रहेर सञ्चालन भएका कारण ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आव्हान गरे । ू सहकारी सञ्चालनको कार्यविधिमा टेकेर अगाडी बढेका कारण आदर्श सहकारीले शेयर सदस्यहरुलाई राम्रो… पुरा पढौ

जिव र जगतसंग जोडिएको वनको संरक्षण गर्नुपर्छः मेयर आचार्य

पोखरा । वन प्रदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो कार्यक्रमको उद्घाटन गर्दै जिव र जगतसंग जोडिएको वनको संरक्षणसंगै… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा सम्पन्न

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।प्रमुख अतिथि एवम् क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शितलता दिएकाले लोकप्रिय भएको बताए । तुलाचनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुन जस्तै मूल्यवान भएकोले आवश्यक परेको खण्डमा क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरन्द्रनारायाण विजुक्छेले क्याम्पसलाई मानित विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जानकारी दिँदै क्याम्पसको हितका… पुरा पढौ