समाचार

मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने

बलेवा । बलेवा कालभैरव मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरवको मन्दिर परिसरमा हागामी भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो । यसअघिका वर्षमा ऐतिहासिक मेलालाई निरन्तरता मात्रै दिइएका यस वर्ष मेलाबाट सङ्कलन भएको रकम वर्षौँ पुरानो मन्दिरको पुनःनिर्माणका योजना बनाइएको कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए । सङ्घीय सरकारबाट रु २७ लाख प्रदेश सरकारबाट रु १० लाख बजेटको व्यवस्थापन भइसकेको जनाउँदै उनले थप… पुरा पढौ

पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

गण्डकी । पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे । उनले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका छन् । पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुुगेको उनले बताए । “गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ”, उनले भने, “पछिल्लो पुुस्तामा… पुरा पढौ

पर्यटकका लागि घरबासको आकर्षण बन्दै ‘पानीघट्ट’

मनाङ । पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । पर्यटक कम मूल्यमा रमणीय स्थान घुम्न र बसाइँ लम्ब्याउन चाहन्छन् । हिमाली जिल्ला मनाङ भ्रमणमा आउने नेपाली तथा विदेशी सबैको रोजाइमा घरबास ९होमस्टे० पर्ने गरेका छन् । घरबासमा बनाइने खानाका परिकार, सत्कार र रहनसहनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ । नासोँ गाउँपालिका–४ स्थित ओडारगाउँ र नासोँ–८ स्थित ताचै घरबास यहाँ… पुरा पढौ

तनहुँको जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ । अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् । यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि… पुरा पढौ

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी । म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०÷८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ । उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा… पुरा पढौ

गण्डकी प्रदेशका ९ जिल्लामा ९६ प्रतिशत रोपाइँ सम्पन्न

गण्डकी । गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिए। कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव ३०, लमजुङमा ९८, स्याङ्जामा ९८, बागलुङमा ९७, तनहुँमा ९६ दशमलव २२ र नवलपुरमा ९४ प्रतिशत रोपाइँ भएको हो । यस वर्ष प्रदेशभरिमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा वर्षे… पुरा पढौ

इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा

साउन २२ काठमाण्डौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५–२१ ले पराजित ग¥यो । इरानसँग १–५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको… पुरा पढौ

सङ्घीयता कार्यान्वयनसँगै जनतामा सेवा प्रवाह र निराशा चिर्न ठूला दलबीच सहकार्य : प्रधानमन्त्री ओली

साउन २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट पारे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे । “देशको विषम परिस्थितिलाई आत्मसात् गरीे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका… पुरा पढौ

क्षत्री समाज नेपाल कतारको १४ औँ स्थापना दिवस सम्पन्न

पोखरा । क्षत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औँ स्थापना दिवस सहित विशेष अन्तराष्ट्रिय क्षत्री भेला कतारको दोहामा सम्पन्न गरेको छ । क्षत्री समाज नेपालको आधिकारीक शाखा मान्यता पाएको कतार समाजले १४ वर्षदेखि विविध सामाजिक र मानबिय कार्यहरु गर्दै आएको संस्थापक उपाध्यक्ष हंशराज ढकालले बताए । सो कार्यक्रमको शुभारम्भ गर्दै समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापाले कतारमा रहेका क्षत्रीहरुले गरेको योगदान महत्वपूर्ण रहेकोले समाजलाई अगाडी बढाई क्षत्रीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनु पर्ने बताए । “क्षत्री समाज नेपाल“का केन्द्रिय महासचिव… पुरा पढौ

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

साउन २२ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत् व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीले नै जनप्रियको शाखमा लोकप्रियता थपेको बताइन् । बरालले आफ्नो क्षमताको पहिचान गरेर उच्चशिक्षा लिएमा अब्बल हुने धारणा राख्दै मिहिनेतले नै जीवनमा परिवर्तन आउने जनाइन् । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रियबाट नेपाल टप र क्याम्पस टप… पुरा पढौ