समाचार

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको रु एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिए । “कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न… पुरा पढौ

तनहुँ प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वितरण गरिने

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नगरी थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने भएको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीको घुइँचो बढेपछि बनेर आएका परिचयपत्र वितरण रोकिएको थियो । सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य गरिएपछि गत जेठ र असारमा सेवाग्राहीको घुइँचो लागेको थियो । हाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा परिचयपत्र अनिवार्य गर्ने निर्णय सच्च्याएपछि कार्यालयमा घुइँचो कम हुँदै गएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए। कार्यालयमा साबिकमा भन्दा अहिले सेवाग्राहीको… पुरा पढौ

नवलपुरकी शारदालाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा । नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको हो । मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको पुरस्कार यही साउन १५ गते पोखराको ह्वाइटहाइस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी प्रदान गरिने संघका सचिव प्रविण… पुरा पढौ

उर्लेर आउँदा मर्स्याङ्दीको भेल

गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झसंग हुन्छन् । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । यो थियो, २०७८ असार १ गतेको कुरा । अपराह्नको समय घरछेउबाट मर्स्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मर्स्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रुप फेरेका थिए । ‘साँझ ५ बजेतिर घट्टे खोलामा बाढी आयो, हेर्दाहेर्दै हाम्रो थातथलो बगायो’, हिमालपारि मनाङका गुरुङले सुनाए, ‘त्यस्तो दिन फेरि कहिल्यै नआओस्, अहिले त सम्झँदा पनि मन झसंग हुन्छ ।’ दिउँसोको समय… पुरा पढौ

काहुँखोला भाट समाजमा उद्घोषण तालिम सम्पन्न

पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालीम समापन गरियो । समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका थिए । उनले बोल्ने कला सिक्नु भनेको केवल औपचारिक कार्यक्रम गर्न मात्रै नभई हरेक क्षेत्रमा काम लाग्ने बताए । स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघले विभिन्न समुदायहरुका इच्छुक ब्यक्तिहरुलाइ निशुल्क रुपमा प्रशिक्षण दिने बाताबरण मिलाउँदै आएको बताउँदै सशुल्क प्रशिक्षण दिने गृहकार्य… पुरा पढौ

पत्रकार सुरज थापा र विनु थापामाथीको कुटपिट तथा दुव्र्यवहार प्रति फोनिज गण्डकीको ध्यानाकर्षण

पोखरा । पोखराका पत्रकार सुरज थापामागर र विनु थापामगरमाथी लखनचोकमा सार्वजनिक सवारी चालकहरुले कुटपिट तथा दुव्यवार गरेपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघले घोर आपत्ति जनाएको छ । पत्रकारद्धय पर्सी हुने मगर पत्रकार संघको अधिवेशनको मिटिङ सकेर फर्कने क्रममा पठाओ भन्दै कुटपिट तथा दुव्यवहार गरेका हुन् । निर्दोष पत्रकारमाथी कुटपिट तथा दुव्यवहार गरेको भन्दै नेपाल फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ सुमनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,  ‘नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका सदस्य सुरज थापामगर र कास्की शाखाका उपाध्यक्ष… पुरा पढौ

ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक

साउन १२ पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो । कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली… पुरा पढौ

एक वर्षमा ३१ अर्बभन्दा बढीको स्मार्टफोन, हेडफोन र चार्जर आयात

साउन १२ काठमाण्डौं । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।… पुरा पढौ

सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

साउन १२ काठमाण्डौं । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि आज भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी,… पुरा पढौ

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

साउन  १२  काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनकानुसार मृतक एक विदेशीको प्रक्रिया पु¥याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् । यही साउन ९ गते… पुरा पढौ