समाचार

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय… पुरा पढौ

लायन्स क्लव अफ पोखरा भृकुटीमा ६४ यूनिट रगत संकलन

साउन १८ पोखरा । लायन्स क्लव अफ पोखरा भृकुटीले आयोजना गरको रक्तदान कार्यक्रममा ६४ यूनिट रगत संकलन भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६४ यूनिट रगत संकलन गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५एम नेपालका डिष्ट्रिक्ट सिनियर काउन्सिलर विष्णुप्रसाद सुवेदीले गरे । रक्तदानको महत्वबार प्रकाश पार्दै उनले शरिरमा रगत रहुन्जेल जीवनको सार्थकता रहने बताए । कार्यक्रममा क्लवका संस्थापक पुष्पा कुमारी आचार्य, जोन चियर पर्सन सम्झना रानाभाट, रिजन चेयर पर्सन लक्ष्मी कोइराला, सचिव… पुरा पढौ

खाष्टे सहकारीद्वारा अपाङ्गता मैत्री समाजलाई सहयोग

साउन १८ पोखरा । पोखरा २६ स्थित खाष्टे बचत तथा ऋण सहकारी सस्थाले वार्षिकोत्सवको अवसरमा अपाङ्गता मैत्री समाजलाई सहयोग गरेको छ । सहकारीले शुक्रबार १४ औं स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरा २६ वुढिवजारस्थित अपाङ्गता मैत्री समाजमा आवासिय रुपमा बसोबास गर्दै आएका नेत्रहिनहरुका लागि आवश्यक खाद्यन्न सहयोग गरेको हो । कार्यक्रममा खाद्य सामाग्री हस्तान्त्रण गर्दै सहकारीका अध्यक्ष शिवजी तिवारीले स्थानिय रुपमा छरिएर रहेको रकमलाई संकलन गरि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्नेगरि काम गर्दै आएको बताए ।… पुरा पढौ

सामाजिक सुरक्षामा सामुहिक प्रयास आवश्यक

साउन १८ पोखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएका छन् । पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन । कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । वडा प्रहरी कार्यालय बैदाममा हालै… पुरा पढौ

रोटरी क्लब अफ पोखरा फिस्टेलद्वारा बृक्षरोपण

साउन १८ पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ । दुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य… पुरा पढौ

पोखरामा अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने

पोखरा, साउन १८ पोखरामा पुस तेश्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म ‘नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो । पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभलको तयारी शुरु भएको बलुन नेपालले पोखरामा छलफल कार्यक्रम गरेर जानकारी गराएको हो । अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपालसहित करीब ३० देशले बलुन प्रदर्शनीमा… पुरा पढौ

पोखरा २६ का टोलमा सरसफाई र डष्टविन बितरण

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं २६ ले शुक्रबार देखी वडाका टोलमा सरसफाई र जनगुनासो सम्वोधन अभियान शुरु गरेको छ । वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालवेसी, घैटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान शुरु भएको हो ।कार्यक्रमको शुभारंभ गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यालयमा बसेरमात्रै जनताको गुनासो थाह नहुने भएकाले टोल टोलमा अभियान लिएर आएको बताए । अध्यक्ष थापाले टोल सरसफाई पनि हुने र जनताको गुनासो सुन्न पनि पाईने भएकाले कार्यक्रम संचालन गरेको उल्लेख गरे ।… पुरा पढौ

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

कास्की । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको… पुरा पढौ

बागलुङ नगर अस्पताल:म्याद सकियो, पूरा भएन अस्पताल भवन

गलकोट । निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र श्ययाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । बागलुङ नगरपालिकाको १५ श्ययाको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता अस्पतालको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत… पुरा पढौ

लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरकः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताएका छन् । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताए। राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गरे। राष्ट्रिय… पुरा पढौ